बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

इमर्जिङ्ग नेपालको सेयर मूल्यमा लगातार सर्किट, कतिसम्म पुग्ला? (यस्तो छ वित्तीय विवरण)

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत १४ २०७८
इमर्जिङ्ग नेपालको सेयर मूल्यमा लगातार सर्किट, कतिसम्म पुग्ला? (यस्तो छ वित्तीय विवरण)

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) कारोबार सुरु भएदेखि इमर्जिङ्ग नेपालको सेयरमा लगातार सर्किट लागिरहेको छ। जसका कारण साताको पहिलो दिन आइतबार पनि प्रतिकित्ता ७६ रुपैयाँले बढेर ८३६.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ। कम्पनीको सेयर मूल्य आइतबार पनि ९.९९ प्रतिशतले बढेको हो।

नेप्सेले न्यूनतम १०५.११ रुपैयाँदेखि अधिकतम ३१५.३३ रुपैयाँको ‌ओपनिङ रेन्ज पाएको थियो। यसको अर्थ इमर्जिङ्ग नेपालका प्राथमिक सेयरधनीहरूका पहिलो दिनमै ३ हजार १ सय ५२ रुपैयाँसम्म कमाएका थिए। आइतबार पनि कम्पनीको ८ हजार ३९२ कित्ता कारोबार भएको थियो।

emrging nepal 1.PNG

कम्पनीको सेयर मूल्य १ हजार देखि १३ सयसम्म पुग्ने आंकलन गरिएको छ। थोरै कित्ता सेयर र लगानीकर्ता ठूला कर्पोरेट हाउस र सरकारी पनि भएकाले पनि सेयरमा आकर्षण बढेको हो। जसका कारण एकसाता देखि लागतार सर्किट लागिरहेको छ।

कम्पनीको आर्थिक वर्ष ०७७/७८ को वास्तविक नेटवर्थ १०५.११ रुपैयाँ छ। कम्पनीको आर्थिक वर्ष ०७६/७७ मा १०३‍.१० रहेको  थियो भने आगामी वर्ष १०६.३७ हुने प्रक्षेपण समेत गरेको छ। 

इमर्जिङ्ग नेपाल लिमिटेडको साधारण सेयर (आईपीओ)  ५१ हजार ६ सय ७० जनाले मात्रै न्यूनतम १० कित्ताको दरले सेयर पाएका थिए। यसमध्ये भाग्यमानी ८ जनाले थप १-१ कित्ता गरी ११ कित्ता सेयर पाएका थिए। कम्पनीको आईपीओमा २३ लाख २८ हजार ७०६ जना योग्य आवेदकबाट २ करोड ६४ लाख १ हजार ९७० कित्ता सेयरको लागि आवेदन गरेको थियो। 

कम्पनीले कम्पनीले माघ २६ गतेदेखि फागुन १ गतेसम्म निष्कासन गरेको कुल ५ लाख ५५ हजार कित्ता सेयरमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरूलाई र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरी बाँकी ५ लाख १६ हजार ७०८ कित्ता सेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो।


प्रकाशित : सोमबार, चैत १४ २०७८०१:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend