शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

इमर्जिङ्ग नेपालको सेयर मूल्यमा लगातार सर्किट, कतिसम्म पुग्ला? (यस्तो छ वित्तीय विवरण)

images
बिजनेस न्युज
images
images
इमर्जिङ्ग नेपालको सेयर मूल्यमा लगातार सर्किट, कतिसम्म पुग्ला? (यस्तो छ वित्तीय विवरण)
images
images

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) कारोबार सुरु भएदेखि इमर्जिङ्ग नेपालको सेयरमा लगातार सर्किट लागिरहेको छ। जसका कारण साताको पहिलो दिन आइतबार पनि प्रतिकित्ता ७६ रुपैयाँले बढेर ८३६.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ। कम्पनीको सेयर मूल्य आइतबार पनि ९.९९ प्रतिशतले बढेको हो।

images
images
images

नेप्सेले न्यूनतम १०५.११ रुपैयाँदेखि अधिकतम ३१५.३३ रुपैयाँको ‌ओपनिङ रेन्ज पाएको थियो। यसको अर्थ इमर्जिङ्ग नेपालका प्राथमिक सेयरधनीहरूका पहिलो दिनमै ३ हजार १ सय ५२ रुपैयाँसम्म कमाएका थिए। आइतबार पनि कम्पनीको ८ हजार ३९२ कित्ता कारोबार भएको थियो।

images
emrging nepal 1.PNG

कम्पनीको सेयर मूल्य १ हजार देखि १३ सयसम्म पुग्ने आंकलन गरिएको छ। थोरै कित्ता सेयर र लगानीकर्ता ठूला कर्पोरेट हाउस र सरकारी पनि भएकाले पनि सेयरमा आकर्षण बढेको हो। जसका कारण एकसाता देखि लागतार सर्किट लागिरहेको छ।

images

कम्पनीको आर्थिक वर्ष ०७७/७८ को वास्तविक नेटवर्थ १०५.११ रुपैयाँ छ। कम्पनीको आर्थिक वर्ष ०७६/७७ मा १०३‍.१० रहेको  थियो भने आगामी वर्ष १०६.३७ हुने प्रक्षेपण समेत गरेको छ। 

images
images

इमर्जिङ्ग नेपाल लिमिटेडको साधारण सेयर (आईपीओ)  ५१ हजार ६ सय ७० जनाले मात्रै न्यूनतम १० कित्ताको दरले सेयर पाएका थिए। यसमध्ये भाग्यमानी ८ जनाले थप १-१ कित्ता गरी ११ कित्ता सेयर पाएका थिए। कम्पनीको आईपीओमा २३ लाख २८ हजार ७०६ जना योग्य आवेदकबाट २ करोड ६४ लाख १ हजार ९७० कित्ता सेयरको लागि आवेदन गरेको थियो। 

कम्पनीले कम्पनीले माघ २६ गतेदेखि फागुन १ गतेसम्म निष्कासन गरेको कुल ५ लाख ५५ हजार कित्ता सेयरमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरूलाई र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरी बाँकी ५ लाख १६ हजार ७०८ कित्ता सेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो।

images

प्रकाशित : सोमबार, चैत १४ २०७८०१:०५
प्रतिक्रिया दिनुहोस