शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

पर्यटन क्षेत्रको विकासमा लगानी वृद्धि गर्दै मधेस प्रदेश

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत १३ २०७८
images
पर्यटन क्षेत्रको विकासमा लगानी वृद्धि गर्दै मधेस प्रदेश
images
images

पर्सा- पर्यटन क्षेत्रको विकासका लागि मधेस प्रदेश सरकारले पूर्वाधार निर्माणमा लगानी बढाउँदै लगिने नीति लिएको छ । 

images
images
images

पर्यटन क्षेत्रको विकासका लागि यहाँको प्राकृतिक तथा धार्मिक क्षेत्रको पहिचान गरी त्यसको प्रवद्र्धनका लागि मधेस सरकारले पूर्वाधार निर्माणमा लगानी बढाउँदै लगिने नीति लिएको हो। 

images
images

सोही नीतिअनुरुप तराई मधेसकै मिनी उपत्यकाको रुपमा चिनिएको पर्साको ठोरीलाई मधेस प्रदेश सरकारले ‘पर्यटकीय क्षेत्र’ घोषणा गरेको छ। ठोरीको पर्यटकीयस्थल राइधारामा शुक्रबार बेलुकी आयोजित कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले ठोरीलाई ‘पर्यटकीय क्षेत्र’ घोषणा गर्नुभएको हो। त्यसअघि गत शुक्रबार साँझ ठोरी-२ स्थित ठोरी जङ्गल रिसोर्टमा बसेको मधेस प्रदेशको मन्त्रिपरिषद्को बैठकले ठोरीलाई ‘पर्यटकीय क्षेत्र’ घोषणा गर्ने निर्णय गरेको थियो। पर्यटकीय क्षेत्रको विकासका लागि आवश्यक पूर्वधार निर्माण गर्न सरकारले त्यहाँ १० करोड रूपैयाँ बजेट खर्चिने निर्णय गरेको बताइएको छ।

images
images

सो अवसरमा मुख्यमन्त्री राउतले ठोरी पर्यटकीय सम्भावना बोकेको मधेस प्रदेशकै एक महत्वपूर्ण स्थान रहेको भन्दै ठोरीलाई पर्यटकीय स्थलका रुपमा विकसित गरिने बताए। 'हामीले ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गर्‍यौं, यहा पर्यटकीय पूर्वाधार निर्माण र विकासका लागि तत्काल १० करोड रूपैयाँ उपलब्ध गराउने निर्णय पनि गर्‍यौं', उनले भने, 'आवश्यकता अनुसार अरु थप सहयोग गर्न पनि सरकार प्रतिबद्ध छ।' 

त्यस्तै पर्साको पटेर्वा सुगौली गाउँपालिकास्थित दूधेश्वरनाथ महादेव मन्दिर भाठाधाम क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र र ती क्षेत्रको विकासका लागि रु पाँच करोड लगानी गर्ने प्रदेश सरकारले घोषणा गरेको छ। भाठामन्दिर क्षेत्रमा गत शनिबार आयोजना गरिएको कार्यक्रममा प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतोले भाठालाई धार्मिक पर्यटकीय क्षेत्र घोषणा गर्दै चालु आवबाट नै पाँच करोड रूपैयाँ पूर्वधार विकासमा लगानी गर्ने जानकारी दिए।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अलखदेवप्रसाद थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री गद्दीले भाठा क्षेत्रमा आउने पर्यटक तथा श्रद्धालुको सुविधाका लागि सडक तथा स्वच्छ खानेपानीको व्यवस्था पनि प्रदेश सरकारले तत्काल गर्ने प्रतिबद्धता व्यक्त गरे। रासस 


प्रकाशित : आइतबार, चैत १३ २०७८११:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend