मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

होटल तथा पर्यटन क्षेत्रका आठ कम्पनी, कुनको अवस्था कस्तो?

मंगलबार, जेठ ५ २०८३
होटल तथा पर्यटन क्षेत्रका आठ कम्पनी, कुनको अवस्था कस्तो?

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत होटल तथा पर्यटन क्षेत्रका ८ कम्पनीहरूमध्ये ७ वटा कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक चैत मसान्त सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्।

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत होटल तथा पर्यटन क्षेत्रका ८ कम्पनीहरूमध्ये ७ वटा कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक चैत मसान्त सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्।

सार्वजनिक विवरणअनुसार समग्र पर्यटन क्षेत्रमा क्रमिक सुधारको संकेत देखिए पनि आन्तरिक आन्दोलन र बढ्दो प्रशासनिक लागतका कारण केही ठूला होटलहरूको नाफामा प्रत्यक्ष भने प्रत्यक्ष असर परेको देखिएको छ।

समीक्षा अवधिमा सोल्टी होटल र कालिञ्चोक दर्शन लिमिटेडको खुद नाफामा वृद्धि देखिएको छ भने तारागाउँ रिजेन्सी, ओरियन्टल र सिटी होटल अझै नोक्सानीमा रहेका छन्। चन्द्रागिरी हिल्सले घाटा कम गरेको छ।

सोल्टी होटल

होटल तथा पर्यटन क्षेत्रको सोल्टी होटल लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनामा ५५ करोड ७३ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिको ४९ करोड ७ लाख रुपैयाँको तुलनामा १२.१८ प्रतिशतले बढी हो। यो अवधिमा होटलको कुल सञ्चालन आम्दानी १ अर्ब ९९ करोड ६१ लाख रुपैयाँबाट बढेर २ अर्ब २४ करोड ९७ लाख ७८ हजार रुपैयाँ पुगेको छ।

सञ्चालन नाफा ६८ करोड ८३ लाख ७१ हजार रुपैयाँ रहेको छ। हाल १ अर्ब १५ करोड १५ लाख ४२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको सोल्टीको जगेडा कोषमा १ अर्ब ९६ करोड ६१  रुपैयाँ सञ्चित छ।

होटलको वार्षिकीकरण नगरिएको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ६९ पैसा रहेको छ। प्रतिसेयर नेटवर्थ २६ रुपैयाँ ७३ पैसा र चालु अनुपात १.५० गुणा रहेको छ।

तारागाउँ रिजेन्सी होटल्स 

गत भदौ २३ र २४ गते भएको आन्दोलन, तोडफोड र आगजनीको प्रत्यक्ष मारमा परेको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले यस त्रैमासमा १४ करोड ४८ लाख ३१ हजार रुपैयाँ खुद नोक्सानीमा गएको छ।

गत वर्षको यसै अवधिमा होटलले ३३ करोड ७५ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। होटल पूर्ण रूपमा सञ्चालन हुन नसक्दा यसको व्यावसायिक आम्दानी ८४.१२ प्रतिशतले घटेर १७ करोड १९ लाख ४२ हजार रुपैयाँमा सीमित भएको छ। कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३८ पैसा ऋणात्मक बनेको छ भने मूल्य आम्दानी अनुपात १०४.४७ गुणा ऋणात्मक छ।

१ अर्ब ९६ करोड २१ लाख २० हजार रुपैयाँ चुक्ता पुँजी भएको यस होटलको जगेडा कोष ९२ करोड ७९ लाख ८६ हजार रुपैयाँमा झरेको छ। हाल प्रतिसेयर नेटवर्थ १ सय ४७ रुपैयाँ ३० पैसा र बजार मूल्य ७ सय ७१ रुपैयाँ १० पैसा रहेको यस कम्पनीले बीमा दाबीको प्रक्रिया अगाडि बढाउँदै होटल मर्मत तथा स्तरउन्नतिको कार्य गरिरहेको छ।

ओरियन्टल होटल्स 

पाँचतारे होटल र्‍याडिसनको सञ्चालक कम्पनी ओरियन्टल होटल्स लिमिटेड पनि कोठा र रेस्टुरेन्ट नवीकरणका कारण २ करोड ९३ लाख ५१ हजार रुपैयाँ खुद नोक्सानीमा देखिएको छ। गत वर्षको समीक्षा अवधिमा ४ करोड ३ लाख ६८ हजार रुपैयाँ नाफामा रहेको होटलको सञ्चालन आम्दानी यस वर्ष ७९ करोड १७ लाख रुपैयाँबाट घटेर ७३ करोड १६ लाख २ हजार रुपैयाँमा खुम्चिएको छ।

होटलको पुराना संरचनाका ६० वटा कोठाहरू र मुख्य रेस्टुरेन्टहरू मर्मतका लागि बन्द गरिएकाले आम्दानीमा प्रत्यक्ष असर परेको हो। १ अर्ब १८ करोड ४४ लाख ९४ हजार रुपैयाँ चुक्ता पुँजी र २ अर्ब ७० करोड २६ लाख ९३ हजार रुपैयाँ जगेडा कोष रहेको ओरियन्टलको प्रतिशेयर आम्दानी २ रुपैयाँ ४८ पैसा ऋणात्मक छ। यसको प्रतिसेयर नेटवर्थ ३२८ रुपैयाँ १७ पैसा, चालु अनुपात १.६८ र प्रतिसेयर बजार मूल्य ७०१ रुपैयाँ रहेको छ।

hotal dector profit.PNG

सिटी होटल

नयाँ ब्रान्ड 'हायात सेन्ट्रिक' अन्तर्गत सोल्टीमोडमा सञ्चालित सिटी होटल लिमिटेड अझै पनि १३ करोड ८७ लाख ४६ हजार रुपैयाँ खुद नोक्सानीमै रहेको छ। गत वर्षको १७ करोड ३८ लाख ३ हजार रुपैयाँ घाटाको तुलनामा यसले नोक्सानी २०.१७ प्रतिशतले कम गरेको छ।

समीक्षा अवधिमा होटलको सञ्चालन आम्दानी ३५ करोड ३८ लाख रुपैयाँबाट सामान्य सुधार भई ३५ करोड ६७ लाख ९९ हजार रुपैयाँ पुगेको छ भने कुल आम्दानी ३७ करोड ६० लाख रुपैयाँ रहेको छ।

३ अर्ब १ करोड ३२ लाख रुपैयाँ चुक्ता पुँजी भएको यस होटलको अन्य इक्विटी ८ करोड १९ लाख ८२ हजार रुपैयाँ ऋणात्मक छ। होटलको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ६० पैसा ऋणात्मक, प्रतिसेयर नेटवर्थ ९७ रुपैयाँ २८ पैसा र चालु अनुपात २.३६ र बजार मूल्य ४७३ रुपैयाँ ४० पैसा रहेको छ।

चन्द्रागिरी हिल्स 

पर्यटन क्षेत्रकै अर्को मुख्य आकर्षण चन्द्रागिरी हिल्स लिमिटेडले पनि आफ्नो वित्तीय अवस्थामा क्रमिक सुधार गर्दै तेस्रो त्रैमाससम्मको खुद नोक्सानीलाई ९३ लाख ८४ हजार रुपैयाँमा झारेको छ।

यो संख्या दोस्रो त्रैमास सम्मको ४ करोड ७० लाख रुपैयाँ घाटाको तुलनामा सुधार हो। गत वर्षको यसै अवधिमा कम्पनी १० करोड ८८ लाख ११ हजार रुपैयाँ नाफामा थियो।

गत भदौको जेन्जी आन्दोलनका कारण वित्तीय गतिविधिमा सुस्तता आउँदा ९ महिनाको कुल सञ्चालन आम्दानी ४५ करोड ५८ लाख ६६ हजार रुपैयाँमा सीमित भएको छ।

१ अर्ब ६१ करोड ७ लाख ९५ हजार रुपैयाँ चुक्ता पुँजी र ३१ लाख ६३ हजार रुपैयाँ जगेडा कोष रहेकोछ। चन्द्रागिरीको प्रतिसेयर आम्दानी ० रुपैयाँ ५८ पैसा ऋणात्मक छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ २० पैसा, चालु अनुपात ४.५३ र प्रतिसेयर बजार मूल्य ५ सय २१ रुपैयाँ कायम भएको छ।

क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण सकेर केबलकार तथा रिसोर्टलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याएको कम्पनीले बैशाख १ गतेदेखि केबलकारको टिकट मूल्यमा २५ रुपैयाँले गरेको छ।

कालिञ्चोक दर्शन 

नाफा वृद्धिका आधारमा कालिञ्चोक दर्शन लिमिटेड  को वित्तीय विवरण सुधार देखिएको छ। कम्पनीले ९ महिनाको अवधिमा ४ करोड ९७ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत वर्षको १ करोड ८८ लाख ४५ हजार रुपैयाँको तुलनामा १ सय ६३.८१ प्रतिशतको वृद्धि हो।

कम्पनीको मुख्य सञ्चालन आम्दानी ५ करोड ६३ लाख रुपैयाँबाट वृद्धि भई ६ करोड ३३ लाख १८ हजार रुपैयाँ पुगेको छ भने अन्य स्रोतबाट हुने आम्दानीमा ३ करोड ५८ लाख ८३ हजार रुपैयाँ कायम भएको छ।

हाल ६३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यो होटलको ५ करोड ३ लाख ९२ हजार रुपैयाँ जगेडा कोषमा छ। कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ५२ पैसा पुगेको छ।

प्रतिशेयर नेटवर्थ १ सय ७ रुपैयाँ ९४ पैसा, पीई रेशियो ६२.८८ गुणा, चालु अनुपात १.५१ र प्रतिसेयर बजार मूल्य ८ सय ७२ रुपैयाँ १० पैसा रहेको छ।

गत भदौको जेन्जी आन्दोलनका कारण केबलकारका संरचनामा १ प्रतिशत ह्रासकट्टी ब्यहोर्नु परे तापनि पछिल्ला महिनामा पर्यटक आगमन बढ्दा कम्पनी मजबुत बनेको हो।

 बन्दीपुर केबलकार एन्ड टुरिजम 

यसै क्षेत्रमा हालै वित्तीय विवरण सार्वजनिक गर्ने अर्को नयाँ कम्पनी बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेड हो। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार १ करोड ६२ लाख ६२ हजार रुपैयाँ खुद नोक्सानीमै रहेको छ। गत वर्षको १ करोड २४ लाख ९३ हजार रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको कुल एकीकृत सञ्चालन आम्दानी १ करोड १६ लाख ११ हजार रुपैयाँ रहेको छ।

विवरण अनुसार कम्पनीको कर्मचारी खर्च र प्रशासनिक लागत सहित कुल खर्च २ करोड ६५ लाख ५७ हजार रुपैयाँ पुगेपछि सञ्चालन नाफा ऋणात्मक बनेको छ।

वित्तीय खर्च बापत ८० लाख ४२ हजार रुपैयाँ भुक्तानी गरेपछि बन्दीपुर केबलकारको तेस्रो त्रैमाससम्मको एकीकृत खुद नोक्सानी २ करोड ७ लाख ९४ हजार रुपैयाँ पुगेको छ।  

कम्पनीको चुक्ता पुँजी २ अर्ब ८२ करोड ९९ लाख ९३ हजार रुपैयाँ रहेको छ भने जगेडा कोष २६ करोड ७८ लाख १४ हजार रुपैयाँ ऋणात्मक छ। हाल कम्पनीको प्रतिसेयर आम्दानी शून्य रुपैयाँ ५७ पैसा ऋणात्मक छ। त्यसैगरी प्रतिसेयर नेटवर्थ ९९ रुपैयाँ ९० पैसा रहेको छ। 

111.PNG


प्रकाशित : मंगलबार, जेठ ५ २०८३०६:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend