शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

सबै सार्वजनिक उपभोक्ता सेवालाई नागरिक एपमा आवद्ध गरिने

सोमबार, जेठ ४ २०८३
सबै सार्वजनिक उपभोक्ता सेवालाई नागरिक एपमा आवद्ध गरिने

नागरिक एपलाई सरकारले सार्वजनिक सेवाको सुपर एप बनाउने योजना बनाएको छ।

काठमाडौं- नागरिक एपमा निजी तथा सार्वजनिक क्षेत्रले प्रवाह गर्ने प्रत्येक सार्वजनिक उपभोक्ता सेवालाई आवद्ध गर्न सकिने भएको छ। 

हालसम्म सरकारी सेवालाईमात्र आवद्ध गरिंदैं आएकोमा अबदेखि भने सरकारले सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली २०६५ मा चौथो संशोधन गर्दै सबै सार्वजनिक उपभोक्ता सेवालाई आवद्ध गर्न सकिने व्यवस्था गरिएको छ। 

नियम २५क को उपनियम ४क थप गर्दै नियमावलीमा बैंक तथा वित्तीय सेवा, दूरसञ्चार लगायतका सार्वजनिक प्रकृतिका उपभोग्य सेवालाई जोड्नका लागि आग्रह भएमा नागरिक एप सञ्चालक निकायले आवद्ध गर्न सक्ने व्यवस्था गरिएको छ। 

नागरिक एपलाई सरकारले सार्वजनिक सेवाको सुपर एप बनाउने योजना बनाएको छ। नागरिकदेखि राहदानीसम्म, सामाजिक सुरक्षादेखि स्वास्थ्य बीमासम्मका सेवा यसमा जोडिएका छन्। अहिलेसम्म सामान्य सेवा तथा जानकारीमात्र भएपनि यसलाई अबदेखि भने भुक्तानी तथा वास्तविक सेवा प्रवाहको एकीकृत माध्यम बनाउने सरकारको योजना रहेको छ। 


प्रकाशित : सोमबार, जेठ ४ २०८३०९:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend