बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

उतारचढावकै बीच सेयर बजारमा घट्दो ट्रेण्ड, बीमा कम्पनीको साथ हुँदा पनि उच्च अंकको गिरावट

आइतबार, चैत १३ २०७८
उतारचढावकै बीच सेयर बजारमा घट्दो ट्रेण्ड, बीमा कम्पनीको साथ हुँदा पनि उच्च अंकको गिरावट

काठमाडौं- साताको पहिलो दिन आइतबार नै सेयर बजारमा ठूलो गिरावट आएको छ। सेयर बजारमा गिरावट आएपनि कारोबार रकम भने वृद्धि भएको छ। गत साता पनि दुई दिन बढ्दा बजार तीन दिन घटेको थियो। यो साताको पहिलो दिन नै ४१.४३ अंकको गिरावट आएको छ।

आइतबार ४१.४३ अंकले घटेर बजार २५७२.२३ बिन्दुमा झरेको छ। आइतबार ८ लाख ९२ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९८ करोड ९५ लाख रूपैयाँको कारोबार भएको छ। 

चुनाव नजिकिँदै गए पनि बैकिङ तरलताको समाधान नहुनु तथा सरकारले गर्ने पुँजीगत खर्च कम हुनुलगायत कारणको असर सेयर बजारमा देखिँदै आएको छ। रेमिट्यान्स घट्दै जानका साथै महँगी बढ्दा लगानी गर्ने रकम नै अन्यत्र जान थालेको छ। जसका कारण पनि सेयर बजार सकारात्मक हुन नसकेको विश्लेषण भइरहेको छ। 

बजार घट्दो ट्रेण्डमा 

गत साताको आइतबार नेप्से १४.६७ अंकले घटेर २६१६.५८ बिन्दुमा पुगेर रोकिएको थियो। आइतबार ४२ लाख ८७ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब २७ करोड रुपैयाँ कारोबार भएको थियो। त्यसपछि दुई दिन बढेर उत्साह थपिने आशमा रहेको बजारमा बुधबार र बिहीबार पुनः गिरावट आएको थियो। 

लगातार दुई दिन सोमबार १८.०७ साथै मंगलबार १६.०४ अंकले बढेको बजार बुधबार पुनस् घटेको थियो। सेयर बजार बुधबार २०.३४ अंकले घटेर २६३०.३६ बिन्दुमा झरेको थियो।

बिहीबार पनि बजारमा गिरावट नै आएको छ। बिहीबार १६.६९ अं‍कले घटेर २६१३.६७ बिन्दुमा पुगेको थियो। लगातार कारोबार रकममा भइरहेको कमीले पनि लगानीरकर्ता बजारमा फर्किन बाँकी रहेको देखाउँछ। बिहीबार ५२ लाख ९८ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २४ करोड रूपैयाँको कारोबार भएको थियो। 

प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जनार्दन शर्मालाई फिर्ता पठाएर मन्त्रिपरिषद् पुनर्गठन गर्न गठबन्धनमा प्रस्ताव राखेर छलफल गरिरहँदा सेयर बजारमा दुई दिन सकारात्मक प्रभाव देखिएको थियो। सोमबार उतारचढावमा रहँदै अन्तिममा १८.०७ अंकले बढेर २६३४.६५ बिन्दुमा उक्लिएको बजारमा मंगलबार पनि दोहोरो अंककै वृद्धि देखिएको थियो। मंगलबार १६.०४ अंकको वृद्धि देखिएको बजारले बुधबार र बिहीबार भने उहीअनुरूप साथ पाउन सकेको थिएन।  

लगानीकर्तामा विश्वास थपिएको विश्लेषण भइरहँदा अहिलेको अवस्थाले लगानीकर्ता अझै विश्वस्त नभएको देखिएको छ। यो साता आइतबारको बजारको उतारचढावले पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताको विश्वास जित्नेगरी बजारमा सूचकहरू देखिएमा उकालो यात्रा समात्ने विश्लेषकहरू बताउँछन्। गएका केही सातायता देखिएको अवस्था भने अब ब्रेक हुने र बजारमा स्थिरता देखिँदै वृद्धितिर लाग्ने विश्लेषकहरू बताइरहेका छन्। 


प्रकाशित : आइतबार, चैत १३ २०७८०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend