शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दंगीशरणका युवा

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ ३ २०८३
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दंगीशरणका युवा

तरबुजाको याम समाप्त भएपछि बदामलगायत अन्य सागसब्जीखेती गर्ने उनहरूको योजना छ।

दाङ- दंगीशरण गाउँपालिका-१ रामपुरका पाँच युवकले सामूहिक तरबुजा खेती गरेका छन्। उनीहरू बबई नदी किनाराको जग्गामा तरबुजा खेती गरेर आत्मनिर्भर भएका छन्।

स्वदेशमा नै केही गरौँ भनेर सामूहिक खेती थालिएको कृष्ण चौधरीले बताए। आफूहरूले स्वदेशमा नै आत्मनिर्भर हुन सकिन्छ भनेर खेती थालेको उनले बताए।

हाल गाउँमै १२ कट्ठा खेतमा आहाना, पूजा, सरस्वती, दिव्या र स्विटहनी जातका तरबुजा खेती गरिरहेको उनले जानकारी दिए।

आहाना प्रतिकिलो ८० र स्विटहनी, सरस्वती, पुजा, दिव्या जातका तरबुजा प्रतिकिलो ५० रुपैयाँका दरले गाउँमा नै बिक्री भइरहेको छ। गाउँबाटै दैनिक सयदेखि डेढ किलोसम्म बिक्री हुने गरेको छ।

तरबुजाको याम समाप्त भएपछि बदामलगायत अन्य सागसब्जीखेती गर्ने उनहरूको योजना छ। रासस


प्रकाशित : आइतबार, जेठ ३ २०८३११:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend