शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

चुक्ता पुँजी वृद्धिमा हकप्रदभन्दा मर्जरको नीतिले बीमा कम्पनीहरूको सेयर मूल्यमा उभार

images
आइतबार, चैत १३ २०७८
images
चुक्ता पुँजी वृद्धिमा हकप्रदभन्दा मर्जरको नीतिले बीमा कम्पनीहरूको सेयर मूल्यमा उभार

धेरैको अनुमान आइतबार बीमा कम्पनीहरूको सेयर मूल्यमा भारी गिरावट आउँछ भन्ने थियो। कम्पनीहरू पुँजी वृद्धिको दबाबमा पर्ने भएकाले सेयर मूल्य घट्ने अनुमानका बीच आइतबार अधिकांश बीमा कम्पनीको सेयर मूल्य भने बढेको छ।

images
images

काठमाडौं- बीमा कम्पनीहरूको चुक्ता पुँजी बढाउने निर्णयसँगै विभिन्न तर्कवितर्क सुरु भएको छ। गएको बिहीबार बीमा समितिले कम्पनीहरूको चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गरेको थियो।

images
images
images

जुन निर्णयपछि धेरैको अनुमान आइतबार बीमा कम्पनीहरूको सेयर मूल्यमा भारी गिरावट आउँछ भन्ने थियो। कम्पनीहरू पुँजी वृद्धिको दबाबमा पर्ने भएकाले सेयर मूल्य घट्ने अनुमानका बीच आइतबार अधिकांश बीमा कम्पनीको सेयर मूल्य भने बढेको छ। समग्र बजारमा दिनभरी उतारचढाव हुँदा पनि बीमा कम्पनीको सेयर मूल्यमा सर्किट लागेका छन्। 

images
images

बीमा समितिले कम्पनीहरूको भारबहन क्षमता बढाउनका लागि भन्दै पुँजी वृद्धि गर्ने निर्णय गरेको छ। जसमा जीवन बीमा कम्पनीको पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्‍याउने निर्णय गरिएको थियो। यसअघि जीवन बीमा कम्पनीको २ र निर्जीवनको चुक्ता पुँजी १ अर्ब रुपैयाँ थियो।

images
images

आइतबार सानिमा जनरल इन्स्योरेन्स कम्पनीको सेयर प्रतिकित्ता ५८‍ रुपैयाँ बढेर ६५८ रुपैयाँमा कारोबार भएको छ। जुन मूल्य ९.६७ प्रतिशतको वृद्धि हो। जनरल इन्स्योरेन्स कम्पनी ५७.९० रुपैयाँले बढेर ६५८ रुपैयाँ कायम भएको छ। जुन ९‍.६५ प्रतिशतकाे बृद्धि भएको छ।

प्रभु लाइफ इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, रिलायन्स इन्स्योरेन्स, सबैभन्दा धेरै कारोबार भएको गुराँस लाइफ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, युनियन लाइफ, ज्योति लाइफ, सूर्य लाइफ इन्स्योरेन्ससहित सबै इन्स्योरेन्स कम्पनीहरूको सेयर मूल्य बढेको हो। 

हकप्रद होइन मर्जर

चुक्ता पुँजी पुर्‍याउन नसक्ने कम्पनीहरूलाई मर्जरमा जान प्रोत्साहन गर्ने बीमा समितिको संकेतसँगै सेयर बजारमा बीमा कम्पनीहरूको सेयरमा उभार आएको हो। ‘समितिले हकप्रदभन्दा पनि मर्जरमा जान जोड दिने तयारी छ, जसका कारण धेरै कम्पनीहरू मर्जरमा जाने देखिन्छ,’ बीमा समिति स्रोतले भन्यो। 

बीमा कम्पनीहरूले हकप्रदसँगै बोनस सेयर र अब मर्जरको नीति लिने छन्। मुख्यगरी मर्जरमा जानका लागि के के सुविधा दिने भन्ने विषयमा निर्णय नभएकोले मर्जको नीति कस्तो आउँछ भन्नेमा निर्भर हुनेछ। 

समितिको निर्णयसँगै जीवन बीमा कम्पनीहरूमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाहेक सबैलाई चुक्ता पुँजी बढाउने दबाब पर्ने छ। बीमा समितिले गत वर्षको लाभांशमा नगद दिन प्रतिबन्ध गरेर बोनस सेयर मात्रैमा लाभांश दिन अनुमति दिएको थियो। सोही कारण भने कम्पनीहरूलाई केही सहज भएको छ। 

कम्पनीहरूले हकप्रदमार्फत चुक्ता पुँजी पुर्‍याउने वा प्रमोटरबाट पैसा उठाएर चुक्ता पुँजी बढाउने र मर्जरमा तीन विकल्प रहेका छन्।

मुख्यत: कम्पनीहरूले हकप्रदमार्फत जनताको पैसा उठाउन सहज हुने भएकाले सोही साहरा लिने छन्। हकप्रदकै साहारामा केही वर्ष अगाडि बैंक तथा वित्तिय संस्थाहरूको चुक्ता पुँजी बढाउन सेयर भ्यालुको हिसाब अहिलेसम्म पनि माथि उठ्न सकेका छैनन्। अब बीमा कम्पनीहरूका पनि सोही समस्या आउने कतिपय जानकारहरूको बुझाइ छ। सेयर संख्या बढेपछि सेयर भ्यालु घट्ने सामान्यत नियम नै हो। 

जसको ठूलो सङ्ख्यामा सेयर खरिद बिक्री हुँदैन र कम्पनीहरूले खाली नाफामार्फत लाभांश धेरै दिने र सेयर मूल्य बढाउनेबाहेक अन्य विकल्पहरू सकिने छन्। जसका कारण कम्पनीहरूमा स्थायित्व भने अवश्य हुने देखिन्छ।

जीवन बीमा कम्पनीमा लाभांश घोषणा गरेकोमध्ये नेपाल लाइफ बाहेकका कम्पनीलाई चुक्ता पुँजी पुर्‍याउन धौ-धौ पर्ने छ। लाभांशपछि नेपाल लाइफको चुक्तापुँजी ८ अर्ब १९ करोड रुपैयाँ र नेशनल लाइफको ४ अर्ब ३ करोड रुपैयाँ चुक्तापुँजी पुग्ने छ।

प्राइम लाइफको बोनसपछि २ अर्ब ७७ करोड पुग्नेछ। सूर्य लाइफको १२.७ प्रतिशत बोनस सेयरपछि २ अर्ब ७७ करोड पुग्नेछ।

त्यस्तैगरी लाइफ इन्स्योरेन्सको २० प्रतिशत बोनसपछि २ अर्ब ६५ करोड रुपैयाँको छ। ज्योति लाइफको पनि १० प्रतिशत बोनसपछि २ अर्ब ४२ करोड रुपैयाँ चुक्ता पुँजी पुग्नेछ। एसियन लाइफको पनि २५ प्रतिशत लाभांशपछि २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ। नेपाल लाइफबाहेक सबै कम्पनीले हकप्रदको साहरा लिएर चुक्ता पुँजी थप्नुपर्ने दबाब छ। 

निर्जीवन बीमा कम्पनीहरूले मात्रै २४ अर्ब पुँजी थप्नुपर्ने हुन्छ। जसमा सबैभन्दा बढी भार राष्ट्रिय बीमा कम्पनीलाई थपिनेछ। कम्पनीले अहिले भएको पुँजीमा ८३७ प्रतिशत रकम थप्नुपर्ने हुन्छ। कम्पनीको हाल २६ करोड ६६ लाख मात्रै चुक्ता पुँजी भएको कम्पनीले २ अर्ब ५० करोड पुर्‍याउनुपर्नेछ। त्यस्तै शिखरले हकप्रद जारी गरेकोले केही सहज हुने छ। कम्पनीको हाल १ अर्ब ७५ करोड रहेकोमा हकप्रदपछि २ अर्ब २८ करो पुग्ने भएकोले अर्को वर्ष नै बोनस सेयरमार्फत चुक्ता पुँजी पुग्ने देखिन्छ।

त्यस्तै नेको १ अर्ब ५२ करोड, सगरमाथा १ अर्ब ११ करोड, एनएलजीको १ अर्ब २० करोड, सिद्धार्थ इन्स्योरेन्सको १ अर्ब १२ करोड, प्रिमियरको १ अर्ब ७४ लाख, प्रभुको १ अर्ब १६ करोड, लुम्बिनी जनरलको १ अर्ब १९ करोड, नेपाल इन्स्योरेन्सको १ अर्ब २४ करोड, हिमालयन जनरलको १ अर्ब १५ करोड, एभरेष्टको १ अर्ब १८ करोड, युनाइटेडको १ अर्ब २ करोड, जनरल १ अर्ब, अजोड १ अर्ब सानिमा १ अर्ब रहेको छ।


प्रकाशित : आइतबार, चैत १३ २०७८०९:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend