काठमाडौं- स्मार्ट टेलिकमको सम्पत्ति नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लिलाम गरेर ऋण उठाएको विषयमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ। यही सन्दर्भमा उक्त लिलामको टेण्डर जित्ने एनसलेलले भने यसअघि हात झिक्ने घोषणा गरेको थियो।
स्मार्टको लिलाम जितेर रकम पनि भुक्तान गरेपनि सम्पत्तिको हक हस्तान्तरण भएको थिएन। हस्तान्तरण नभएपछि एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणलाई अनुरोध गरेको थियो।
२०८२ को चैतमै एनसेलले यस्तो अनुरोध प्राधिकरणमा गरेको थियो तर प्राधिरकरणले त्यस्तो उपकरणको समायोजन हुने आधार नरहेको जवाफ दिएको थियो।
एनसेलले प्राधिकरणले अनुमति नदिने भएपछि बैंकलाई पनि पत्राचार गरेको थियो। कानूनी प्रश्न खडा भएका कारण पैसा भुक्तानीपछि पनि हक हस्तान्तरण नभएकाले सो सम्बन्धमा कि त कानूनअनुसार हक हस्तान्तारण गर्न कि त ४ अर्ब ६० करोड भुक्तानी गर्न ताकेता गरेको थियो।
लिलाम भइ एनसेलले जितेर पैसासमेत भुक्तानी भएपनि उपकरण तथा नेटवर्क भने एनसेलको नाममा अझै आएको छैन।