काठमाडौं- सीजी मोटोकर्पले नेपालभर नयाँ सुजुकी ई भिटाराको डेलिभरी औपचारिक रूपमा सुरू गरेको छ। नेपाली बजारमा कम्पनीको पहिलो पूर्णरूपमा निर्मित ब्याट्री सञ्चालित विद्युतीय सवारीका रूपमा यो एक महत्त्वपूर्ण कोसेढुंगा भएको कम्पनीले जनाएको छ।
विश्वसनीय जापानी इन्जिनियरिङ, उन्नत विद्युतीय सवारी प्रविधि, उत्कृष्ट सुरक्षा सुविधा र दैनिक प्रयोगका लागि व्यावहारिकता समेटिएको सुजुकी ई भिटाराले देशभर ग्राहकबाट उत्साहजनक प्रतिक्रिया पाइसकेको छ। बुकिङ भएका युनिटहरूको डेलिभरी सुजुकीको आधिकारिक डिलर सञ्जालमार्फत भइरहेको छ।
सार्वजनिक गरेको अवसरमा सीजी मोटोकर्पले विशेष मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकेको छ। भेरियन्टअनुसार ई भिटाराको मूल्य ६० लाख ४९ हजार रुपैयाँसम्म रहेको छ।
नेपालभर अवस्थित २५ आधिकारिक सुजुकी बिक्री केन्द्र र ४० सुजुकी सर्भिस सेन्टरद्वारा प्रदान गरिने अत्याधुनिक सेवा सुविधा, सुनिश्चित स्पेयर पार्ट्सको उपलब्धता, प्रशिक्षित प्राविधिक दक्ष जनशक्ति, र सुधारिएको विद्युतीय सवारी सेवा सक्षमताका कारण सुजुकी ई भिटाराले ग्राहकलाई सहज र विश्वसनीय स्वामित्व अनुभव तथा दीर्घकालीन रूपमा कम लागत प्रदान गर्दछ।
हाल धेरै नयाँ विद्युतीय गाडीहरु बजारमा प्रवेश गरिरहेको समयमा सुजुकीको दशकौँको विश्वास, राष्ट्रिय स्तरको सेवा पहुँच, र प्रमाणित बिक्रीपश्चात् नेपालभरका ग्राहकका लागि विश्वसनीयता, पार्ट्स सहायता तथा स्वामित्वको विश्वासलाई सुनिश्चित गर्न बलियो फाइदा दिएको छ।
ई भिटारा दुई उच्च-क्षमताका ब्याट्री विकल्पहरू ४९ किलोवाट आवर र ६१ किलोवाट आवरमा उपलब्ध छ, जसले क्रमश: १ सय ८ किलोवाट र १ सय २८ किलोवाटको पावर आउटपुट दिन्छ। यी उत्कृष्ट विशेषताहरूले ई भिटारालाई यसको मूल्य वर्गमा उपलब्ध सबैभन्दा शक्तिशाली विद्युतीय गाडीको रूपमा स्थापित गर्दछ। यसले अत्याधुनिक ईभी प्रविधिलाई सुजुकी ब्रान्डको प्रमाणित विश्वास, टिकाउपन र विश्वसनीयतासँग सहज रूपमा जोडेको छ।

ई भिटाराको बोल्ड पोलिहेड्रल स्टाइलिङ र एरोडाइनामिक डिजाइन, एरोडाइनामिक अलोय ह्वील र रूफ-एन्ड स्पोइलरले गाडीलाई बलियो र डाइनामिक लुक दिन्छ। नेक्स्ट-जेनेरेसन ३-पोइन्ट म्याट्रिक्स एलईडी(डीएलआर र एलईडी प्रोजेक्टर हेडल्याम्पहरूले यसको अगाडिको भागलाई थप आकर्षक बनाएको छ।
ई भिटाराको परिष्कृत इन्टेरियरमा डिजिटल ककपिटसहितको ट्विन-डेक फ्लोटिङ कन्सोल, नयाँ बिस्पोक स्टेयरिङ ह्वील, फिक्स्ड-ग्लास सनरुफ, र मल्टि-कलर एम्बियन्ट लाइटिङसहितको सफ्ट-टच डुअल-टोन मेटेरियल प्रयोग गरिएको छ, जसले प्रिमियम अनुभव प्रदान गर्छ। यसमा २५.६५ सेन्टिमिटर (१०.१ इन्च) को इन्टिग्रेटेड डिजिटल डिस्प्ले र २६.०४ सेन्टिमिटर (१०.२५ इन्च) को मल्टि-इन्फर्मेसन डिस्प्ले -एमआईडी) रहेको छ। ’इन्फिनिटी बाइ हर्मन’को प्रिमियम साउन्ड र वायरलेस कनेक्टिभिटीले यो अनुभवलाई अझ उत्कृष्ट बनाउँछ।
यात्रीहरूको आरामलाई प्राथमिकता दिँदै ई भिटारामा भेन्टिलेटेड फ्रन्ट सिट र आफ्नो सेगमेन्टमै उत्कृष्ट १०-वे पावर-एडजस्टेबल ड्राइभर सिट रहेको छ। साथै पछाडिको सिटमा ४०:२०:४० को स्प्लिट कन्फिगरेसन, सजिलो बुट एक्सेस, कप होल्डरसहितको रियर सिट आर्मरेस्ट, र रिक्लाइनिङ तथा स्लाइडिङ सुविधा उपलब्ध छ, जसले आवश्यकता अनुसार बुट स्पेस बढाउन मद्दत गर्छ।
अत्याधुनिक प्रविधि
नयाँ ईभी प्लेटफर्म : ई भिटारालाई पूर्णतया नयाँ ईभी प्लेटफर्म, हियरटेक ईमा निर्माण गरिएको छ। यो प्लेटफर्म असाधारण मजबुती, फराकिलो केबिन, र उच्च भोल्टेज सुरक्षामा आधारित छ। २७ सय एमएम लामो ह्वीलबेस र ५.२ मिटरको कम्प्याक्ट टर्निङ रेडियसले गाडीलाई सजिलै मोड्न र चलाउन सहज बनाउँछ। फ्ल्याट फ्लोर डिजाइनले उच्च-क्षमताको ब्याट्री प्याकलाई सुरक्षित राख्दै केबिन स्पेस बढाएको छ।
पर्फर्मेन्स : यसको इलेक्ट्रिक पावरट्रेनमा मोटर, इन्भर्टर र ट्रान्समिसन एकीकृत गरिएको उच्च क्षमताको ३-इन-१ प्रणाली रहेको छ। यो ६१ केडब्लूएच र ४९ केडब्लूएचका दुई लिथियम-आयन ब्याट्री प्याक विकल्पहरूमा उपलब्ध छ। ’स्यान्ड टु स्नो’ जस्ता चरम तापक्रममा परीक्षण गरिएका यी ब्याट्रीहरूले माइनस ३०डिग्री सेल्सियससम्मको तापक्रममा पनि उत्कृष्ट पर्फर्मेन्स दिन्छन्।
ड्राइभिङ अनुभव : यसमा इको, नर्मल र स्पोट्र्स तीन मोडहरू छन्, साथै हिउँ परेको बाटोको लागि ’स्नो टेरेन मोड’ पनि दिइएको छ। यसमा वान-पेडल ड्राइभिङ अनुभवको लागि प्रभावकारी रिजेनेरेटिभ मोड पनि छ। इनोभेटिभ एडाप्टिभ ग्रिल सटरले गाडीको अवस्था अनुसार आफै काम गर्छ, जसले गर्दा यसले ५०० किलोमिटरभन्दा बढीको उत्कृष्ट रेन्ज प्रदान गर्छ।