काठमाडौं- बुधबारको तुलनामा नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। सुन तोलामा ३ सय र चाँदी ३५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ५ सय र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार ७ सय ४५ रुपैयाँ कायम भएको छ।
हिजो बुधबार सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २ सय र त्यति नै परिमाणको चाँदी ५ हजार ७ सय १० रुपैयाँमा कारोबार भएको थियो। गत मंगलबार एक तोला छापावाल सुन ३ लाख २ हजार ९ सय र चाँदी ५ हजार ६ सय ९५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ७ सय र त्यति नै परिमाणको चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।