बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

जीवन विकासको सेयर किन्न लगानीकर्ता ओइरिए, कारोबार खुलेको केहीबेरमै सर्किट

आइतबार, चैत १३ २०७८
जीवन विकासको सेयर किन्न लगानीकर्ता ओइरिए, कारोबार खुलेको केहीबेरमै सर्किट

काठमाडौं- जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा साताको पहिलो आइतबार कारोबार खुलेको केहीबेरमै सर्किट लागेको छ। गत शुक्रबार बुक क्लोजपछि सेयर मूल्य समायोजन गरिएको थियो।

जसका कारण सेयर खरिदकर्ताको चाप बढेसँगै सेयर मूल्यमा सर्किट लागेको हो। आइतबार ३ हजार रुपैयाँबाट सुरु भएको कारोबार प्रतिकित्ता ३ सय रुपैयाँ बढेपछि सर्किट लागेको हो। ५ हजार ५ सय ९३ कित्ता सेयर खरिद बिक्री भएको छ। 

सेयरधनीहरूलाई ७३.६८ प्रतिशत लाभांशका लागि बुक क्लोजपछि मूल्य समायोजन भएको थियो। ७० प्रतिशत बोनस सेयर र ३.६८ प्रतिशत नगद लाभांश गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

साधारणसभाले पास गरेपछि लाभांश सेयरधनीको खातामा आउने छ। लाभांश प्रस्तावपछि सेयर मूल्य बढेर प्रत्तिकित्ता ५ हजार ५ सय १६ रुपैयाँ पुगेको थियो। सस्तो मूल्यमा सेयर आएपछि खरिद कर्ता लघुवित्तको सेयर खरिदमा झुम्मिएका छन्। 

लघुवित्तको अधिकृत पुँजी एक अर्ब रुपैयाँ रुपैयाँ, जारी पुँजी ६० करोड ८४ लाख रुपैयाँ र चुक्ता पुँजी ४१ करोड ६ लाख ७० हजार रुपैयाँ रहेको छ। सर्वसाधारणलाई १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैयाँ पुगेको छ।


प्रकाशित : आइतबार, चैत १३ २०७८०७:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend