शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

४१ वटा झोलुङ्‍गे पुल निर्माण गर्दै कर्णाली प्रदेश सरकार

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख ३० २०८३
४१ वटा झोलुङ्‍गे पुल निर्माण गर्दै कर्णाली प्रदेश सरकार

दुई वर्षभित्र निर्माण कार्य पूरा गर्ने सीमासहित पुल निर्माणको काम सुरु भएको हो। स्रोत सहमति लिएको पाँच महिनाभित्र ठेक्का नभए योजना स्वतः रद्द हुने उल्लेख गरिएको छ।

सुर्खेत- कर्णाली प्रदेश सरकारले बहुवर्षे ठेक्कामार्फत ४१ वटा झोलुङ्‍गे पुल निर्माण सुरु गरेको छ। तुइन तथा नदी, खोला तर्न समस्या भएको ठाउँमा कर्णाली प्रदेश सरकारले ४१ वटा पुल निर्माण गर्न बहुवर्षे सहमति दिएर कामको सुरुवात गरेको हो।

आर्थिक वर्ष २०८२/८३ मा निर्माण कार्य पूरा हुने गरेर बहुवर्षे सहमति दिइएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले जानकारी दिए।

दुई वर्षभित्र निर्माण कार्य पूरा गर्ने सीमासहित पुल निर्माणको काम सुरु भएको हो। स्रोत सहमति लिएको पाँच महिनाभित्र ठेक्का नभए योजना स्वतः रद्द हुने उल्लेख गरिएको छ।

चालु आवमा ६३ वटा झोलुङ्‍गे पुल निर्माण गर्ने लक्ष्य रहेकामा हालसम्म २६ वटा मात्र निर्माण भएका छन्। आर्थिक वर्ष २०८१/८२ मा १२५ वटा झोलुङ्‍गे पुल निर्माण भएका थिए। रासस

प्रकाशित : बुधबार, वैशाख ३० २०८३१६:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend