शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

नेपाल टेलिकमको आयसँगै प्रतिसेयर आम्दानीमा सामान्य सुधार

बुधबार, वैशाख ३० २०८३
नेपाल टेलिकमको आयसँगै प्रतिसेयर आम्दानीमा सामान्य सुधार

काठमाडौं- नेपाल टेलिकमको आयमा सामान्य सुधार आएको छ। टेलिकमले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधिसम्म कुल सञ्चालन आय २५ अर्ब ९२ करोड ९६ लाख रुपैयाँ गरेको छ।

गत आवको सोही अवधिमा टेलिकमले २५ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ सञ्चालन आय गरेको थियो। चालु आवको तेस्रो त्रैमासिक गत आवको सोही अवधिको तुलनामा ६१ करोड २० लाख रुपैयाँ सञ्चालन आय गरेको हो। जुन २.४२ प्रतिशतले बढेको हो।

यसैगरी चालु आवको तेस्रो त्रैमासिक सम्मकव कुल आयमा समेत सामान्य वृद्धि भएको छ। चालु आवको तेस्रो त्रैमासिकसम्म टेलिकमले कुल आय २८ अर्ब ८५ करोड ४८ लाख गरेको छ।

गत आवको सोही अवधिसम्ममा टेलिकमले २८ अर्ब ४३ करोड १५ लाख रुपैयाँ आय गरेको थियो। टेलिकमले कुल आय गत आवको तुलनामा चालु आवमा ४२ करोड ३३ लाख रुपैयाँ अर्थात १.४९ प्रतिशतले आय बढाएको हो।

यसैगरी टेलिकमको खुद नाफामा पनि चालु आवकै तेस्रो त्रैमासिक सम्म ६ अर्ब २७ करोड २९ लाख रुपैयाँ नाफा गरेको छ। जुन गत आवको भन्दा ९.८५ प्रतिशतले बढी हो। गत आवको सोही अवधिमा टेलिकमले ५ अर्ब ७१ करोड ५ लाख रुपैयाँ खुद नाफा गरेको थियो।

टेलिकमले सार्वजनिक गरेको विवरणमा प्रतिसेयर आम्दानीसमेत बढेको उल्लेख गरेको छ। टेलिकमको प्रतिसेयर आम्दानी ४६.४७ रहेको छ। गत आवको सोही अवधिसम्म टेलिकमको प्रतिसेयर आम्दानी ४२.३ रहेको थियो।

निरन्तर घट्दै गएको ब्याज दरका कारण व्याज आयमा गत आवको तेस्रो त्रैमासिकसम्मको तुलनामा करिब ५७ करोड ६६ लाख अर्थात् २०.५७ प्रतिशतले घटी भएको समेत टेलिकमले जनाएको छ।

टेलिकमका अनुसार सञ्चालन आयतर्फ जीएसएम तर्फको राजस्व गत आवको तेस्रो त्रैमासिकसम्मको तुलनामा ५७ करोड ७४ लाख अर्थात २.७६ प्रतिशतले बढेको छ।

यसैगरी ह्रासकट्टी खर्च गत आवको तेस्रो त्रैमासिकसम्मको तुलनामा ३८ करोड ६९ लाख रुपैयाँ अर्थात ८.४६ प्रतिशतले घटेको छ।


प्रकाशित : बुधबार, वैशाख ३० २०८३१२:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend