बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

अपि पावरको हकप्रद सुरक्षित गर्ने अन्तिम मौका, कति दिने आवेदन?

आइतबार, चैत १३ २०७८
अपि पावरको हकप्रद सुरक्षित गर्ने अन्तिम मौका, कति  दिने आवेदन?

काठमाडौं- अपि पावरको हकप्रद सुरक्षित गर्न आज अन्तिम दिन रहेको छ। कम्पनीले चैत १३ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुका लागि हाल कायम १ कित्ता सेयर बराबर नयाँ ०.३९३६ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर जारी गर्दैछ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद निष्काशन तथा बिक्री गर्न लागेको हो ।

हकप्रद निष्काशनका लागि कम्पनीले चैत १४ गते सेयर दाखिला खारेजी (बुकक्लोज) गर्दैछ। यसअनुसार चैत १३ गते (आज) सम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका सेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

साथै उक्त हकप्रदमा लगानीकर्ताले २०७९ बैशाख १५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

 


प्रकाशित : आइतबार, चैत १३ २०७८०५:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend