शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

अपि पावरको हकप्रद सुरक्षित गर्ने अन्तिम मौका, कति दिने आवेदन?

images
आइतबार, चैत १३ २०७८
images
अपि पावरको हकप्रद सुरक्षित गर्ने अन्तिम मौका, कति  दिने आवेदन?
images
images

काठमाडौं- अपि पावरको हकप्रद सुरक्षित गर्न आज अन्तिम दिन रहेको छ। कम्पनीले चैत १३ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुका लागि हाल कायम १ कित्ता सेयर बराबर नयाँ ०.३९३६ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर जारी गर्दैछ।

images
images
images

कम्पनीले १०० रुपैयाँ अंकित दरका १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद निष्काशन तथा बिक्री गर्न लागेको हो ।

images
images

हकप्रद निष्काशनका लागि कम्पनीले चैत १४ गते सेयर दाखिला खारेजी (बुकक्लोज) गर्दैछ। यसअनुसार चैत १३ गते (आज) सम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका सेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

images
images

साथै उक्त हकप्रदमा लगानीकर्ताले २०७९ बैशाख १५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

 


प्रकाशित : आइतबार, चैत १३ २०७८०५:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend