शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

रोयल इन्फिल्डको गुरिल्ला ४५० सार्वजनिक, सुरुवाती मूल्य ८ लाख ९९ हजार रुपैयाँ

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख २९ २०८३
रोयल इन्फिल्डको गुरिल्ला ४५० सार्वजनिक, सुरुवाती मूल्य ८ लाख ९९ हजार रुपैयाँ

काठमाडौं- मोटरसाइकल उत्पादक रोयल इन्फिल्डको आफ्नो नयाँ शहरी प्रदर्शनमुखी रोडस्टर 'गुरिल्ला ४५०' नेपाली बजारमा सार्वजनिक गरेको छ।

काठमाडौं- मोटरसाइकल उत्पादक रोयल इन्फिल्डको आफ्नो नयाँ शहरी प्रदर्शनमुखी रोडस्टर 'गुरिल्ला ४५०' नेपाली बजारमा सार्वजनिक गरेको छ। 

दैनिक शहर यात्रा, घुमाउरा सडक र लामो दूरीको यात्रालाई लक्षित गरी तयार पारिएको यो मोटरसाइकलले रोडस्टर श्रेणीमा चालकहरूलाई नयाँ र उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ। गुरिल्ला ४५० एपेक्स, ड्यास र फ्ल्यास गरी तीनवटा संस्करण र आठवटा विभिन्न रङ्गहरूमा उपलब्ध हुनेछ।

रोयल इनफिल्डका सार्क व्यावसायिक प्रमुख दीपक काकरले नेपालमा गुरिल्ला ४५० को सार्वजनिक हुनु कम्पनीका लागि एउटा महत्वपूर्ण उपलब्धि भएको बताए। उनका अनुसार कम्पनीले आफ्नो शुद्ध मोटरसाइकलिङ यात्राको १ सय २५ वर्ष मनाइरहेको अवसरमा नेपालमा यो शक्तिशाली र चुस्त मोटरसाइकल भित्र्याउनु उत्साहजनक कदम हो। 

विशेषगरी नेपाली सडकको अवस्था र युवा पुस्ताको रोजाइलाई ध्यानमा राखेर बनाइएको यो मोटरसाइकलले खेलकुद जस्तो रोमाञ्चक सवारी मन पराउने ग्राहकहरूको मन जित्ने उनले दाबी गरे।

यो मोटरसाइकलमा ४ सय ५२ सीसी क्षमताको एकल सिलिन्डर भएको तरल चिसो (लिक्विड कुल्ड) शेर्पा इन्जिन जडान गरिएको छ। यसले ८,हजार आरपीएममा ४० पीएस शक्ति र ५,५०० आरपीएममा ४० एनएम टर्क उत्पादन गर्दछ। 

gurilla.jpg

कम्पनीका अनुसार कुल टर्कको ८५ प्रतिशतभन्दा बढी हिस्सा ३,हजार आरपीएमबाटै उपलब्ध हुने भएकाले शहरी ट्राफिकदेखि राजमार्गसम्म यसको प्रदर्शन निकै सहज हुनेछ। सवारीलाई थप आरामदायी बनाउन यसमा ६-स्पिड गियरबक्स, असिस्ट एण्ड स्लिप क्लच, राइड-बाई-वायर प्रविधि र 'स्पोर्ट' तथा 'स्ट्रिट' गरी दुईवटा सवारी मोडहरू उपलब्ध गराइएको छ।

बनावट र विशेषताका हिसाबले गुरिल्ला ४५० मा ११ लिटरको इन्धन ट्याङ्की, एलईडी हेडलाइट, एकीकृत टेल ल्याम्प र स्टेप बेन्च सिट जस्ता सुविधाहरू छन्। यसमा ४३ एमएमको सोवा टेलिस्कोपिक फ्रन्ट फोर्क र १७ इन्चको ट्युबलेस टायर प्रयोग गरिएको छ जसले मोटरसाइकललाई सडकमा स्थिर र नियन्त्रणमा राख्न मद्दत गर्दछ। सूचना र प्रविधिका लागि सबै संस्करणमा ४ इन्चको टिएफटी 'ट्रिपर ड्यास' राखिएको छ, जसमा गुगल म्यापमा आधारित दिशा निर्देशक (नेभिगेसन) र स्मार्टफोन जडान गर्ने सुविधा समावेश छ।

WhatsApp Image 2026-05-12 at 11.39.21 AM.jpeg

कम्पनीले एपेक्स संस्करणलाई थप आकर्षक बनाउन सडक केन्द्रित टायर, विशेष डिजाइन गरिएको सिट कभर र रङ्गीन कउलहरू प्रयोग गरेको छ। साथै ग्राहकहरूले इन्जिन गार्ड, सम्प गार्ड, शहरी सिट र साइड ब्याग जस्ता विभिन्न थप सहायक सामग्रीहरू पनि रोज्न सक्नेछन्। नेपालभरका शोरुमहरूमा आजैबाट यसको बुकिङ र वितरण सुरु भइसकेको छ। कम्पनीले 'सिमानाविहीन वारेन्टी कार्यक्रम' समेत घोषणा गरेको छ, जसअन्तर्गत विश्वभरका ३ हजार  भन्दा बढी सेवा केन्द्रहरूबाट मर्मत सुविधा लिन सकिनेछ।

a1ce03de-51f2-4868-a37b-c2de7e385511.jpg

नेपालमा उपलब्ध गुरिल्ला ४५० को मूल्य सबै रङ्ग र संस्करणका लागि हाल ८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। सन् १९०१ देखि निरन्तर उत्पादनमा रहेको रोयल इनफिल्ड संसारकै पुरानो मोटरसाइकल ब्रान्डमध्ये एक हो।जसले अहिले आइचर मोटर्स लिमिटेड अन्तर्गत विश्वका ८० भन्दा बढी देशहरूमा आफ्नो सेवा विस्तार गरिरहेको छ।


प्रकाशित : मंगलबार, वैशाख २९ २०८३१२:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend