काठमाडौं- मोरिस ग्यारेज (एमजी) को नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सको नयाँ एसयूभी ‘एमजी एससिक्स’ सार्वजनिक भएको छ। कम्पनीले सोमबार एक कार्यक्रम गरी नयाँ एसयूभी एससिक्स सार्वजनिक गरेको हो।
एमजी एससिक्स शक्तिशाली मोटरपावरमा नेपाल आएको हो। १ सय ८० किलोवाट क्षमताको विद्युतीय मोटरसहित एससिक्स उपलब्ध भएको छ। एमजी एससिक्स यो सेगमेन्टमा नेपाली बजारमा उपलब्ध अन्य एसयूभीको तुलनामा सबैभन्दा शक्तिशाली मोटर १ सय ८० किलोवाटमा सार्वजनिक भएको छ। यसले ३ सय ५० एनमएम टर्क जेनेरेट गर्छ।
पारामाउन्ट मोटर्रले ल्याएको एससिक्स ४.७ मिटर लामो रहेको छ। यही सेग्मेन्टमा आएका अन्य एसयूभीको तुलनामा मोटर पावर र अन्य आधुनिक विशेषताका कारण प्रतिस्पर्धीभन्दा एससिक्स अब्बल भएको कम्पनीको भनाइ छ।
पावरसँगै एमजी एससिक्स रेन्जको कारण पनि नेपाली उपभोक्ताको रोजाइमा पर्ने एसयूभी बन्नेछ। एससिक्सको सेगमेन्टका अन्य प्रतिस्पर्धी एसयूभीको तुलनामा यसमा ब्याट्री साइज पनि ठूलो छ। एमजीले एससिक्समा ७७ किलोवाट आवरको ब्याट्री रहेको छ। यसमो डब्लूएलटीपी रेन्ज ५ सय ३० किलोमिटर रहेको कम्पनीको दाबी छ।
अन्तर्राष्ट्रिय बजारमा उपलब्ध एमजी एससिक्स रियर ह्वील ड्राइभ र अलह्वील ड्राइभ मोटरमा उपलब्ध रहेको छ। नेपाली बजारमा भने पारामाउन्ट मोटर्सले रियर ह्वील ड्राइभमा अप्सनको एससिक्स ल्याएको हो।
एमजी एससिक्सले १ सय ४४ किलोवाट क्षमताको डीसी चार्जर सपोर्ट गर्छ। उक्त चार्जरले ३८ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्ने दाबी कम्पनीले गरेको छ।
रेयर ह्वील ड्राइभ एससिक्स शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति ७.३ सेकेण्डमै भेट्ने कम्पनीको भनाइ छ। एमजी एससिक्सको बुट स्पेस ६ सय ७४ लिटरको छ भने ठूलो फ्रंक पनि उपलब्ध छ।
एमजीले यसको क्याबिन धेरै हदसम्म एमजी फाइभमा आधारित रहेर तयार पारेको छ। ड्यासबोर्डमा १२.८ इन्चको स्क्रिन, ११ वटा स्पीकर, हिटेड सिट, पानारोमिक सनरुफ, अगाडि फ्रन्ट फ्रंक्स उपलब्ध छ।
टेक्नोलोजीका हिसाबले पनि एमजी एससिक्स निकै बलियो छ। आवश्यकता अनुसार मिलाउन सकिने रिजेन, वान पेडल ड्राइभिङ, आइएम सिक्समा दिइएको अप्सनल ‘रेन नाइट मोड’लगायत विशेषता छन्।
फुल साइजको एसयूभी एमजी एससिक्सको सुरुवाती मूल्य ६९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। टेक्नोलोजीका हिसाबले पनि एमजी सिक्स निकै बलियो छ। आवश्यकता अनुसार मिलाउन सकिने रिजेन, वान पेडल ड्राइभिङ, आइएम सिक्समा दिइएको अप्सनल ‘रेन नाइट मोड’ पाउन सकिन्छ।