शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

नेप्सेमा सूचीकृत माइक्रो फाइनान्समध्ये यी हुन् सबैभन्दा सस्तो सेयर मूल्य भएका पाँच ठूला कम्पनी 

images
images
images
नेप्सेमा सूचीकृत माइक्रो फाइनान्समध्ये यी हुन् सबैभन्दा सस्तो सेयर मूल्य भएका पाँच ठूला कम्पनी 
images
images

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा फाइनान्स समूह अन्तर्गतका ४७ वटा संस्था सूचीकृत भएका छन्। सूचीकृत कम्पनीहरू अधिकांशको सेयर मूल्य एक हजार रुपैयाँमाथि रहँदा केही यस्ता संस्था पनि रहेका छन् जुन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य हो भनेर पत्याउन पनि मुस्किल पर्छ।

images
images
images

माइक्रोफाइनान्स कम्पनीहरूसँग तुुलनात्मक रुपमा न्यूनतम चुक्ता पुँजी छ। सेयर आपूर्ति एकदमै कम छ जसले गर्दा लगानीकर्ताहरूमा लगानीको सबैभन्दा रुचाइएको क्षेत्र बनाउँछ।

images

फर्स्ट माइक्रो फाइनान्स वित्तीय संस्था 

images

फर्स्ट माइक्रो फाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ७ सय ८४ रुपैयाँ रहेको छ। लघुवित्तको यस कम्पनीको सेयर मूल्य न्यूनतम मूल्य सात सय ८४ रुपैयाँ रहेको छ भने उच्चतम मूल्य ८ सय २ रुपैयाँ रहेको छ। हाल संस्थाको चुक्ता पुँजी ९६ करोड ४४ लाख रुपैयाँ रहेको छ।

images
images

संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा खुद नाफा १० करोड ४४ लाख रुपैयाँ रहेको छ। संस्थाले चालु आर्थिक वर्षमा १८ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। संस्थाको प्रतिसेयर आम्दानी २१ रुपैयाँदेखि ६६ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात ४० रुपैयाँदेखि ४३ रुपैयाँसम्म रहेको छ।

संस्थाले नाफा अनुसारको बोनस सेयर पनि लगानकर्ताहरूलाई वितरण गर्दै आइरहेको छ। अघिल्लो आर्थिक वर्षपछि संस्थाले लगानीकर्ताहरूलाई १० प्रतिशत बोनस सेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गरी संस्थाको सेयर नेप्सेमा सूचीकृत समेत भइसकेको छ। संस्थाले स्थापना कालदेखि नै बोनस सेयर दिँदै आएको छ।

सिभिल लघुवित्त वित्तीय संस्था 

माइक्रो फाइनान्स समूह अन्तर्गत अर्को सस्तो मूल्य कायम भएको सिभिल लघुवित्त वित्तीय संस्था हो। हाल कम्पनीको सेयर मूल्य ९ सय ५६ रुपैयाँ १ पैसा रहेको छ। संस्थाको चुक्ता पुँजी २८ करोड ८१ लाख रुपैयाँ रहेको छ।  

संस्थाको ५२ हप्ताको न्यूनतम सेयर मूल्य ८ सय ६७ रुपैयाँ रहेको थियो भने उच्चतम सेयर मूल्य १८ सय ११ सय रुपैयाँ रहेको छ। उक्त मूल्यबाट सेयर अहिले निरन्तर घटिरहेको छ। संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ११ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने संस्थाको खुद नाफा ३ करोड ७५ लाख रुपैयाँ रहेको छ।

घोडिघोडा लघुवित्त वित्तीय संस्था 

माइक्रो फाइनान्स समूह अन्तर्गत अर्को सस्तो मूल्य कायम भएको सिभिल लघुवित्त वित्तीय संस्था हो। संस्थाको हालको सेयर मूल्य ८ सय ३० रुपैयाँ प्रतिसेयर रहेको छ।

५२ हप्ताको न्यूनतम सेयर मूल्य र अहिलेको सेयर बराबर रहेको छ। ५२ हप्ताअघि पनि संस्थाको सेयर मूल्य पनि ८ सय ३० नै रहेको थियो भने हाल न्यूनतम र उच्चतम सेयर मूल्य पनि बराबरी रहेको छ। यसको अर्थ संस्थाको सेयर मूल्य बढेको संकेत गरेको छ।

संस्थाको चुक्ता पुँजी २ करोड ७६ लाख रुपैयाँ पुगेको छ। पहिलो त्रैमासमा ७ लाख ५० हजार रुपैयाँ संस्थाले नोक्सान बेहोरेको छ। जसको कारण संस्थाले हालसम्म लगानीकर्तालाई बोनस सेयर दिन सकेको छैन।

आरएस डीसी लघुवित्त वित्तीय संस्था

आरएस डीसी लघुवित्त संस्था सूचीकृत माइक्रोफाइनान्स समूहको सूचीमा पर्ने संस्था मध्येमा पर्दछ। हाल संस्थाको सेयर मूल्य ६ सय ८७ रुपैयाँ रहेको छ। उच्चतम् सेयर मूल्य ५२ हप्ताअघि संस्थाको ११ सय ९४ दशमलव ४० रुर्पैयाँ रहेको थियो भने न्यूनतम सेयर मूल्य पाँच सय ८४ रुपैयाँ रहेको थियो।

संस्थाको सेयर मूल्यमा पछिल्लो समय सुधार आएको छ। पुस महिनापछि संस्थाले सेयर मूल्यमा सानो सानो रातो मैनबत्ती बनेको छ। अघिल्लो महिना संस्थाले ठूलो हरियो मैनबत्ती बनाएको थियो, त्यसपछि संस्थाको छायाँ स्यान्डविज बनाउँदै अघि बढेर रातो मैनबत्ती बनाइरहेर बेरियसको संकेत गरेको छ।

हाल संस्थाको चुक्ता पुँजी ८० करोड ५१ लाख रुपैयाँ रहेको छ। संस्थाको दोस्रो त्रैमासमा नाफा ९ करोड ४३ लाख रुपैयाँ रहेको छ भने संस्थाको खुद नाफा चार करोड ८९ रुपैयाँ रहेको छ। त्यस्तै संस्थाले अघिल्लो आर्थिक वर्षको मुनाफापछि दश प्रतिशत बोनस सेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गरेको छ। संस्थाले स्थापना कालदेखि नै लगानीकर्ताहरूलाई लाभांश वितरण गर्दै आइरहेको छ।

एनएमबी लघुवित्त वित्तीय संस्था 

एनएमबी लघुवित्त वित्तीय संस्थाको सेयर माइक्रोफाइनान्स समूहमा पर्ने सस्तो सेयर मूल्यमा हुने अर्को एक संस्था हो। हाल संस्थाको सेयर मूल्य ९ सय ७० रुपैयाँ रहेको छ। ५२ हप्ताअघि संस्थाको अधिकतम सेयर मूल्य १६ सय ६१ रुपैयाँ रहेको थियो भने न्यूनतम सेयर मूल्य ९ सय ३० रुपैयाँ रहेको थियो।

संस्थाको सेयर मूल्यले ५२ हप्ताको न्यूनतम मूल्यलाई पार गरेको छ। संस्थाले फागुन महिनाभरी ठूलो मैनबत्ती आकारको हरियो बनेको छ भने त्यसपछिका कारोबारमा छायाँ आकारको मैनबत्ती बनेको छ। यसलाई संंस्थाको सेयर मूल्य अहिले नै भन्नुपर्दा  बुलिस अवस्थामै छ भन्ने आधार बलियो नै छ।

त्यस्तै संस्थाको वित्तीय अवस्थालाई हेर्ने हो भने संस्थाको चुक्ता पुँजी ६५ करोड रुपैयाँ रहेको छ। संस्थाले आर्थिक वर्षको दोस्रो ठूलो त्रैमासिक वित्तीय विवरणमा ७ करोड रुपैयाँभन्दा माथिको खुद नाफा आर्जन गरेको छ भने कम्पनीले दोस्रो त्रैमासमा २३ करोड रुपैयाँको नाफा आर्जन गरेको छ।

त्यस्तै संस्थाले हकप्रद निष्कासन गरेर चुक्ता पुँजी बढाएको छ। संस्थाले १ बराबरको १ अनुुपात ५ प्रतिशत हकप्रद निष्कासन गरेको हो। त्यस्तै संस्था नाफामा गएकैले लगानीकर्तालाई अघिल्लो आर्थिक वर्षको मुनाफापछि २१ दशमलव ५ प्रतिशत सेयर र १ दशमलव  १३ प्रतिशत नगद लाभांश वितरण गरेको छ।

images

प्रकाशित : आइतबार, चैत १३ २०७८०५:३७

प्रतिक्रिया दिनुहोस