शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

कार्य क्षमतालाई आधार बनाएर प्रधानन्यायाधीशमा मनोजकुमार शर्मालाई सिफारिस गरियो- प्रवक्ता पोखरेल

शुक्रबार, वैशाख २५ २०८३
कार्य क्षमतालाई आधार बनाएर प्रधानन्यायाधीशमा मनोजकुमार शर्मालाई सिफारिस गरियो- प्रवक्ता पोखरेल

काठमाडौं- नेपाल सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले संवैधानिक परिषद्ले कार्य क्षमतालाई मुख्य आधार बनाएर प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई सिफारिस गरेको बताएका छन्।

काठमाडौं- नेपाल सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले संवैधानिक परिषद्ले कार्य क्षमतालाई मुख्य आधार बनाएर प्रधानन्यायाधीशमा डा.मनोजकुमार शर्मालाई सिफारिस  गगरेको बताएका छन्।

वरियताक्रम मिचेर चौथो वरियताका न्यायाधीश शर्मालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरिएको भन्दै आलोचना भइरहेका बेला उनले राजनीतिको प्रभावमा नपरेका र कार्य क्षमतामा अब्बल भएकाले शर्मालाई सो पदमा सिफारिस गर्ने निर्णय संवैधानिक परिषद्ले गरेको दाबी गरे।

मन्त्री पोखरेलले शुक्रवार सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा न्यायालयलाई सुधार गर्दै लैजाने क्रम पहिलो पटक शुरु भएको जिकिर गर्दै यसलाई अझै व्यवस्थित ढंगले अघि बढाउने समेत बताए।  

प्रवक्ता पोखरेलले भने, ‘आजको दिनसम्म पनि हामीले न्यायपालिका, कार्यपालिका, व्यवस्थापिकालाई एकअर्काबाट टाढा राख्नुपर्छ भन्ने हामीले पहिला देखिनै गर्दै आएको हो।

सेपेरेशन अफ पावरको  हामीले कुरा गर्दछौँ। अहिले न्याय परिषदमा नै हेर्दा पनि ५ जना सदस्य मध्ये ३ जना लगभग राजनीतिक नियुक्ती जस्तो देखिन्छ। त्यहाँबाट सिफारिस हुने न्यायाधीश पनि राजनीतिक पृष्ठभुमिको आईराख्नु भएको छ भनेर विभिन्न कानूनविद्हरुले भन्दै नै आईरहनु भएको कुरा हो। अनि संवैधानिक परिषदको आ आफनै टिकाटिप्पणी विगतदेखि नै हुँदै आएको हो। यो पाली सम्भवत पहिलो पटक प्रधानन्यायाधीशको सिफारिस चाँही मुद्दाको फस्र्यौटको हिसावमा हामीले एउटा इन्डिकेटरको हिसावमा नै सिफारिस गरेर पठाएका छौं।'

मन्त्रीले पोखरेलले कार्य क्षमताको हिसावमा सिफारिस गरिएको पहिलो पटक भएको दाबी गरे। उनले भने, 'क्रमवद्ध रुपमा सुधार गर्दै अझ राम्रो प्रोसेस बनाउँदै जानुपर्छ। तर यो अहिलेसम्मको सबैभन्दा राम्रो प्रोसेस अहिले नै भएको हो भन्ने हामीलाई लाग्छ।’

प्रवक्ता पोखरेलले कार्य क्षमतको हिसावले प्रधानन्यायाधीश नियुक्ति गरिएको नेपालको इतिहासमा नै पहिलो। त्यसैगरी उनले लिपुलेकलगायतका नेपाली भूमि फिर्ता ल्याउनका लागि भारत सरकारसँग सरकारले संवाद नै गरेर अघि बढ्ने पनि बताए।


प्रकाशित : शुक्रबार, वैशाख २५ २०८३१४:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend