शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

उदाउँदैछ लगानीको क्षेत्रमा एचआईडीसीएल (कम्पनीको विश्लेषणसहित)

images
images
images
उदाउँदैछ लगानीको क्षेत्रमा एचआईडीसीएल (कम्पनीको विश्लेषणसहित)
images
images

काठमाडौं- हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) आउँदो दिनहरूमा निकै अगाडि बढ्ने सम्भावना बोकेको कम्पनीका रुपमा देखा परिरहेको छ। लगानीको क्षेत्रमा निकै चर्चा पाएको कम्पनीले  सेयर बजार क्षेत्रकै ठूलो कम्पनी बन्नसक्ने लक्ष्य राखेको छ। लगानीको क्षेत्रलाई पनि फराकिलो बनाउँदै लगेको छ।

images
images
images

बजारमा हल्ला पनि चल्ने गर्छ कि पुँजी बजारका क्षेत्रमा अब भविष्यमा नेपाल इन्फाष्ट्रचर बैंक (निफ्रा) र एचआईडीसीएल नै सबैभन्दा ठूलो लगानी हुने कम्पनी हुनेछन् ।

images

हाल एचआईडीसीएलको चुक्ता पुँजी २३ अर्ब ७६ करोड रुपैयाँ रहेको छ। कम्पनीको भेस भ्यालु एक सय रुपैयाँ रहेको छ। हाल कम्पनीको सेयर २ सय ९१ रुपैयाँ रहेको छ। पछिल्लो समयले कम्पनीले लगानीगत क्षेत्रलाई तिब्रताका साथ अघि बढाएको छ। कोरोना भाइरस कारण लगानीगत क्षेत्र ठप्प हुँदा पनि कम्पनीले लगानीको क्षेत्रलाई प्राथमिकता राखेको देखिन्छ।

images

पछिल्लो समय मात्रै कम्पनीले ताप्लेजुङ जिल्लामा मेवा डेभलपर्सले निर्माण गर्न लागेको मध्यमेवा खोला जलविद्युुत आयोजनामा २० प्रतिशत इक्विटी लगानीका लागि हस्ताक्षर गरेको छ। यसैगरी कम्पनीले आगामी दिनमा जलविद्युुतको क्षेत्रमा अझ दीर्घकालीन लगानीको मात्रा बढाउँदै जाने लक्ष्य राखेको छ।

images
images

यस साता कम्पनीको सेयर मूल्यमा खासै उत्साहजनक अवस्था देखिएको छैन। कम्पनीको सेयर मूल्य पछिल्लो एक हप्तादेखि नै तीन सयको रुपैयाँको रेखामा उत्तारचढाव आइरहेको छ। एक साताको अन्तरालमा एचआईडीसीएलका लगानीकर्ताले करिब ७ प्रतिशतले सेयर हिस्सा गुमाउन पुगेका छन्।

कम्पनीको त्रैमासमा लगानी क्षेत्र बढाउँदै गएपछि नाफामूलक देखिँदा लगानीकर्ताहरू कम्पनीको सेयर मूल्यमा आकर्षित हुन थालेका छन्। त्यस्तै कम्पनीको सेयर पछिल्लो ५२ हप्ताकोभन्दा नजिकको मूल्यलाई पार गरिसकेका छ। कम्पनीको ५२ हप्ताअघि न्यूनतम कारोबार २ सय ४४ दशमलव १० प्रतिशत हो। 

कम्पनीको दोस्रो त्रैमासमा नाफालाई लिएर लगानीकर्ताहरू उत्सासित बनेका छन्।

कम्पनीले दोस्रो त्रैमासमा खुदा नाफा ४५ करोड ३६ लाख रुपैयाँ रहेको छ। कम्पनीको कर अघिको नाफामा पनि बढाएको देखिन्छ। कम्पनीको अघिल्लो वर्ष कर अघिको संचित नाफाको तुुलनामा दुुई दशमलव १२ प्रतिशतले बढेको छ। त्यस्तै कम्पनीले अघिल्लो वर्षको तुलनामा इमपेरिमेन्ट चार्ज घटेको छ।  कम्पनीको  रेसियो दर २८ दशमलव शून्य २ प्रतिशत रहेको छ।

त्यस्तै कम्पनीले दोस्रो त्रैमासिकमा जलविद्युत परियोजनामा ऋण लगानी अन्तर्गत ७१ दशमलव ५२ प्रतिशत ऋण प्रवाहगरेको छ भने कम्पनीले ४० करोड रुपैयाँको थप स्वपुँजी लगानी बढाइएको कम्पनीले जनाएको छ। कम्पनीले हकप्रद सेयर निष्कासनमार्फत सर्वसाधारण सेयर  समूहबाट दुई अर्ब २० करोड रुपैयाँको सेयरको पुँजी संकलन गरेको छ। कम्पनी सर्वसाधारण सेयरबाट उठाएको हकप्रद सेयरलाई लिलाम गरी सेयर प्रिमियम बापत ५० करोड ६० लाख रकम संकलन गरेको छ।

त्यस्तै कम्पनीले समीक्षा अवधिको अन्त्यसम्ममा गतवर्षको सोहि अवधिको तुलनामा करअघिको मुनाफामा २ दशमलव १३ प्रतिशत वृद्धि भइ ६४ दशमलव ३४ प्रतिशत आर्जत गरेको छ।

कम्पनीको प्राविधिक पक्ष

कम्पनीको प्राविधिक पक्षलाई विश्लेषण गर्ने हो भने कम्पनीको सेयर मूल्य १ सय २० दिनकै रेन्जमा आइपुुगेको छ। १ सय २० दिनअघि कम्पनीको सेयर मूल्य प्रतिसेयर ३ सय १३ रुपैयाँ ४४ रहेको थियो भने अहिले कम्पनीका सेयर मूल्य २ सय ९१ रहेको छ।

त्यस्तै कम्पनीको ५२ हप्ताअघिको न्यूनतम सेयर मूल्य २ सय ४४ रुपैयाँ रहेको थियो। कुनै बेला कम्पनीको सेयर मूल्य उच्चतम बिन्दुमा आइपुग्दा ६सय ३ रुपैयाँ रहेको थियो। यसरी हेर्दा कम्पनीको सेयर मूल्य अहिले ३ सयमाथि जान सकेको छैन।

समायोजित प्राविधिक चार्टअनुसार कम्पनीको तत्कालको रेजिङ्ख ट्रेडिङ्खमा रहेको अनुमान लगाउन सकिने ठाउँ देखिन्छ। यस्तो अवस्थामा कम्पनीको अपर रेन्जको अवरोध बिन्दु र बटम रेन्जको टेवा बिन्दुभित्र नै मूल्यमा उत्तारचढाव आउने गरेको छ। कम्पनीको २ सय ९० रुपैयाँको अपर रेन्ज र ३ सयको बटम रेन्जबीच अहिले घटबढ भइरहेको देखिन्छ। पुसको अन्तिम साता कम्पनीको उच्चतम बिन्दु ३ सय ३९ रुपैयाँबाट निरन्तर ओरालो नै लागेको चार्टमा देख्न सकिन्छ। पुस मसान्तबाट भने कम्पनीको सेयर मूल्यमा निरन्तर ओरालो नै लागेको छ। 

कम्पनीको सेयरमा बैंकमा आएको तरलताको संकटले पनि लगानीको क्षेत्रलाई बढाउन सकेको छैन। मुख्यगरी मूल्यमा आएको परिवर्तन, बैंकले गरेको कडाइ र सेयर कर्जामा मार्जिनका कारणले कम्पनीको सेयर मूल्य घट्दो क्रममा रहेको देखिन्छ। जसले गर्दा कम्पनीको सेयर अहिले बेरियस मुभमेन्टमा रहेको छ भन्न सकिने ठाउँ देखिन्छ।

कम्पनीको लाभांश अवस्था 

कम्पनीको हालसम्म जम्मा पाँच वर्षको अवधिमा ४० प्रतिशत लाभांश दिएको छ। कम्पनीले अघिल्लो आर्थिकको मुनाफापछि ८ दशमलव ४२ प्रतिशत दिएको छ।

त्यस्तै आर्थिक वर्ष २०७५/०७६ मा १२ प्रतिशत बोनस सेयर दिएको छ। यस वर्ष कम्पनीले सबैभन्दा धेरै बोनस सेयर दिएको थियो। त्यतिबेला कम्पनीले नाफा आर्जन गरेको थियो। किनभने कम्पनीले त्यतिबेला राम्रो आम्दानी गरेको थियो। लगानीको क्षेत्रलाईपनि तीब्रता दिएको अवस्थामा कम्पनीले लगानीकर्तालाई बोनस सेयर राम्रो दिएको हो।

कम्पनीको लाभांश दरको अवस्था 

hi ln.jpg

कम्पनीको क्यान्डल स्टिक विश्लेषण

कम्पनीको पछिल्लो ६० दिनको ओभर भ्यालु हेर्दा कम्पनीले साना थोप्ला आकारको रातो क्यान्डल बनाएको छ। पछिल्लो सोमबार कम्पनीको सेयर मूल्यमा आएको सामान्य वृद्धिले केही मैनबत्तीको सानो आकारको छाँया भएपनि अघिल्लो फागुन महिनादेखि नै कम्पनीले रातो ठूलो ठूलो मैनबत्तीको आकार भएका कारणले कम्पनीको सेयर मूल्यमा बेरियसतिर लम्किरहेको छ कि भन्ने आकार देखा परेको छ।

रेखा सानो स्यान्डोवज रेखा बन्दा मैनबत्तीको रातो मैनबत्तीको आकार ठूलो बन्न पुगेको देखिन्छ। कम्पनीले फागुनको सेयर मूल्य ३ सय ३० रहेमा अहिले कम्पनीमा आएको उत्तार चढाव बैंकको ब्याजदर, विभिन्न राजनीतिक घटना क्रमले कम्पनीको सेयर मूल्य विस्तारै घटेर साना रातो मैनबत्तीको आकार निर्माण गरेको हुँदा कम्पनीको न्यूनतम मूल्य २ सय ९७ मा आइपुगेको छ।

कम्पनीको सम्पूर्ण विश्लेषणसहित यसका अन्य पाटाहरूमा विचार गरेर स्वविवेक पुर्‍याएर मात्रै लगानी गर्नु उचित हुनेछ। 

hdcl.png

images

प्रकाशित : शनिबार, चैत १२ २०७८०४:१२

प्रतिक्रिया दिनुहोस