शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

ब्ल्याक डेकरका ८ शक्तिशाली कुलर, 'प्रिमियम' शितलता

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख २३ २०८३
ब्ल्याक डेकरका ८ शक्तिशाली कुलर, 'प्रिमियम' शितलता

काठमाडौं- पछिल्लो समय भएको वर्षाले तत्कालका लागि मौसम केही शीतल बनाए पनि, वर्षा रोकिएसँगै बढ्ने उकुसमुकुस र अत्यधिक आर्द्रताले स्वास्थ्यमा थप चुनौती थपेको छ। वर्षापछिको चर्को घाम र पुनः बढ्न सक्ने तातो हावा 'लु' को सम्भावनालाई मध्यनजर गर्दै यस्तो मिश्रित मौसममा शरीरलाई सन्तुलित तापक्रममा राख्नु झनै आवश्यक देखिएको छ।

सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको विश्वविख्यात अमेरिकी ब्रान्ड ब्ल्याकडेकरले नेपाली उपभोक्ताहरूलाई स्वास्थ्य सतर्कता अपनाउन र घरभित्रको वातावरणलाई प्राकृतिक रूपमा शीतल एवं स्वच्छ राख्न आफ्ना ८ अत्याधुनिक एयर कूलरहरू मार्फत विशेष अपिल गरेको छ।

ब्ल्याकडेकरले दक्षता र प्रयोगकर्तामैत्री प्रविधिमा आधारित उपकरणहरू निर्माण गर्दै प्रिमियम डिजाइन र दीर्घकालीन टिकाउपनाका लागि नेपाली बजारमा उच्च गुणस्तरीय जीवनशैलीका लागि निरन्तर योगदान दिँदै आएको छ।

बाहिरी वातावरणको चर्को गर्मीलाई तत्काल नियन्त्रण गर्न कठिन भए पनि हामीले धेरै समय बिताउने घर वा कार्यालयभित्रको वातावरणलाई ब्ल्याकडेकरको अत्याधुनिक प्रविधिमार्फत सुरक्षित र शीतल राख्न सकिन्छ।

ब्ल्याकडेकरका कूलरहरू विशेष यूभी ग्रेड पोलिमरबाट बनेका छन्, जसले गर्दा चर्को घाम र कडा गर्मीमा पनि कूलरको बडी चर्कने वा रङ्ग उड्ने समस्या हुँदैन र यो वर्षौंसम्म नयाँ जस्तै मजबुत रहन्छ।

आकर्षक प्रिमियम ह्वाइट कलरमा उपलब्ध यी कूलरहरूले आधुनिक घरको इन्टेरियरमा थप रौनकता थप्दछ।

यसमा प्रयोग गरिएको अत्याधुनिक एरोडाइनामिक फ्यान प्रविधिले अत्यन्तै कम आवाजमा काम गर्छ, जसले गर्दा सुत्दा वा काम गर्दा कुनै बाधा पुग्दैन।

यसले हावामा रहेका हानिकारक सूक्ष्म कण र ब्याक्टेरियालाई फिल्टर गरी शुद्ध र स्वस्थ हावा प्रवाह गर्छ।

नेपालको विद्युत अवस्थालाई ध्यानमा राख्दै बनाइएका यी मोटरहरूले कम विद्युत खपत गर्छन् र इन्भर्टरमा पनि सहजै चल्छन्।

ब्ल्याकडेकरले व्यक्तिगत प्रयोगका लागि किबो, आधुनिक टावर डिजाइनमा नेबो, शक्तिशाली कुलिङका लागि क्यामेट प्लस र प्रिमियम रेन्जमा लोत्से प्लसजस्ता ८ वटा शक्तिशाली मोडेलहरू उपलब्ध गराएको छ।

नेपाली इलेक्ट्रोनिक्स बजारमा ४० वर्षभन्दा बढी समयदेखि अग्रणी भूमिका निर्वाह गर्दै आएको सिजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन र नवप्रवर्तनमार्फत लाखौँ उपभोक्ताको विश्वास जितेको कम्पनीले देशभरका २८ वटा अत्याधुनिक सिजी डिजिटल र एलजी शपी शोरुमहरू, विस्तृत आधिकारिक बिक्रेता सञ्जाल र अनलाइनमार्फत सहज र सुलभ तरिकाले ग्राहक वर्गहरूले खरिद गर्न सक्नेछन्।

ब्ल्याकडेकरका एयर कूलरहरू १२ महिनाको विस्तृत वारेन्टीका साथ उपलब्ध छन्। सिजी इलेक्ट्रोनिक्सको देशव्यापी बलियो सर्भिस नेटवर्कले उपभोक्तालाई बिक्री पछिको उत्कृष्ट सेवा सुनिश्चित गर्दछ। बढ्दो गर्मी र तातो हावाको यो समयमा, सिजी इलेक्ट्रोनिक्स सम्पूर्ण आम नागरिकलाई आवश्यक स्वास्थ्य सतर्कता अपनाउन र घरभित्रको वातावरणलाई शीतल र स्वस्थ राख्न अनुरोध गर्दछ।


प्रकाशित : बुधबार, वैशाख २३ २०८३१७:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend