काठमाडौं-ः राष्ट्रपति रामचन्द्र पौडेलले यही बैशाख २८ गतेका लागि संघीय संसद्को दुवै सदनका अधिवेशन आह्वान गरेका छन्।
सोमबार दिउँसो २ बजे संघीय संसद् भवन सिहंदरबारमा बैठक बस्ने गरी दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले एक विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को यही बैशाख २२ गतेको सिफारिसमा सदनको अधिवेशन आह्वान गरेका हुन्।