शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

३ हजार ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

मंगलबार, वैशाख २२ २०८३
३ हजार ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

आज चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ८० रुपैयाँ रहेको छ। सोमबार चाँदी ५ हजार ३० रुपैयाँमा कारोबार भएको थियो।

काठमाडौं- नेपाली बजारमा आज मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा झरेको छ। 

सोमबार प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ हजार ८ सय रुपैयाँले घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ८० रुपैयाँ रहेको छ। सोमबार चाँदी ५ हजार ३० रुपैयाँमा कारोबार भएको थियो। 

नेपाली बजारमा २०८२ माघ १५ गते हालसम्मकै उच्च मूल्यमा सुनचाँदीको कारोबार भएको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ थियो।


प्रकाशित : मंगलबार, वैशाख २२ २०८३११:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend