काठमाडौं- सरकारले नेपाल वायुसेवा निगमको सञ्चालक समितिका सदस्य खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने भन्दै आह्वान गरेको प्रस्तावमा २७ जनाले आवेदन दिएका छन्।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आह्वान गरेको प्रस्तावमा पाँच जना सञ्चालकका लागि २७ जनाले आवेदन दिएका हुन्।
यसरी आवेदन दिएकाबाट छनौट गरेर पाँच जना सञ्चाालक नियुक्त गर्ने र त्यही सञ्चालकबाट कार्यकारी प्रमुख नियुक्त गर्ने सरकारको तयारी रहेको छ।