काठमाडौं- अमेरिकी सरकारले विश्वव्यापाी कल्याणकारी परियोजना यूएसड बन्द गरिसकेको छ। नेपाल जस्ता गरिब मुलुकमा वर्षौंदेखि वित्तीय सहायता उपल्बध गराउने यो परियोजना रोकिएपछि अमेरिकाले वित्तीय प्रभाव विस्तारका लागि फरक रणनीति लिएको छ।
पहिले सरकारले सिधै सहयता गर्दै आएकोमा अब भने निजी लगानीबाट प्रभाव विस्तारको नीति लिएको छ। एआईदेखि कृषिस्ममका वस्तु तथा सेवाको व्यापार तथा उत्पादन र लगानीका माध्यमबाट प्रभाव विस्तारलाई अगाडि बढाएको छ।
नेपालमा पछिल्लो समय अमेरिकी अधिकारीहरूको आउजाउ बाक्लो देखिएको छ। यस्ता भेटघाटमा उनीहरुको चासो नेपालमा अमेरिकी निजी लगानी तथा प्रविधि सहकार्यमा जोड दिइरहेका छन्। विशेषगरी प्रवधिको सेवादेखि उपकरणसमम र कृषि वस्तुको आयातमसम्म चासो देखाउने गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष दूत सर्जियो गोर अहिले नेपाल भ्रमणमा छन्। उनले परराष्ट्रमन्त्री र अर्थमन्त्रीसँग भेट गरिसकेका छन्। त्यस्तै यसअघि दुईसाताअघिमात्र दक्षिण तथा मध्य एशियाली मामिलाका लागि अमेरिकी सहायक विदेशमन्त्री समीर पाल कपुर आएका थिए।
अमेरिकी कुटनीतिज्ञहरूले नेपाली अधिकारीसँगको भेटमा निरन्तर रुपमा नेपालसँगको सम्बन्धको निरन्तरतामा जोड दिँदै आएका छन्। विशेषगरी प्रविधिमा लगानी तथा सहकार्य मार्फत् नेपालाई सघाउन तयार रहेको उनीहरूले बताउँदै आएका छन्।
नेपालको समाजिक क्षेत्रमा वर्षौंदेखि लगानी गर्दै आएको यूएसएड बन्द भएको छ भने पूर्वाधारमा सहायता कार्यक्रम एमसीसी कार्यान्वयनमै रहेको छ। अब भने अमेरिकाले निजी लगानी तथा प्रणालीगत सहायतामा जोड दिँदै आएको छ। पुँजी, प्रविधि र त्यो पनि निजी क्षेत्र लक्षित सहकार्यमा अमेरिकीहरूले जोड दिएका छन्।
अहिले नेपालको बिजनेस प्रोसेसिङ तथा आउटसोर्सिङको आईटी सेवाको मुख्य स्रोत अमेरिका रहेको छ। हजारौँको रोजगारी तथा झन्डै खर्बमाथिको निर्यात अमेरिका लक्षित नै रहेको छ। अहिलेको कारोकार तथा सेवालाई अझै बढाउनका लागि सहकार्यलाई मजबुत बनाउन आफूहरू उदार रहेको उनीहरूले बताउँदै आएका छन्।
प्रविधिको इकोसिस्टममा अमेरिकनहरूले विशेष चासो दिँदै आएका छन्। विशेषगरी चिनियाँ प्रविधिको एकछत्र हुँदा नेपालकै सर्भिलेन्स गरिरहेको अमेरिकनहरूको बुझाइ रहेको छ। यस्तोमा उनीहरू आफ्नो प्रभाव विस्तार गर्न चाहन्छन्।
प्रविधि सेवा तथा उपकरणको कारोबार गर्नेहरूको प्रतिनिधिमूलक संस्थासँगको सहकार्यलाई अमेरिकाले जोड दिइरहेको छ भने नेपाली बजारमा स्टार्टप लगायतका गतिविधिमा सलंग्न युवाहरूलाई पनि निरन्तर सम्पर्कमा राख्दै आएको छ।