बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

निजी क्षेत्रका प्रतिनिधिको एकै स्वर : अर्थतन्त्रको समस्या सरकारको क्षमताभन्दा बाहिर गइसक्यो

बिहीबार , चैत १० २०७८
निजी क्षेत्रका प्रतिनिधिको एकै स्वर : अर्थतन्त्रको समस्या सरकारको क्षमताभन्दा बाहिर गइसक्यो

मन्त्रालयमा बिहीबार महासंघ अध्यक्ष शेखर गाोल्छा र उपाध्यक्ष रामचन्द्र संघाई, उद्योग परिसंघका अध्यक्ष बिष्णुकुमार अग्रवाल र उपाध्यक्ष कृष्णप्रसाद अधिकारी तथा चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालसँग अर्थमन्त्री शर्माले छलफल गरेको थिए। 

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष ०७९/८० को बजेट निर्माणका लागि उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्ससँग सुझाव लिएका छन्। 

मन्त्रालयमा बिहीबार महासंघ अध्यक्ष शेखर गाोल्छा र उपाध्यक्ष रामचन्द्र संघाई, उद्योग परिसंघका अध्यक्ष बिष्णुकुमार अग्रवाल र उपाध्यक्ष कृष्णप्रसाद अधिकारी तथा चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालसँग अर्थमन्त्री शर्माले छलफल गरेको थिए। 

सो छलफलमा मन्त्री शर्माले निजी क्षेत्रलाई विश्वासमा लिएर सरकार आफ्नो जिम्मेवारी पुरा गर्ने दिशामा अघि बढिरहेको बताए। उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग परामर्श गरेर बजेट निर्माण थालेको र यो सरकारलाई जनताको नजरमा अहिलेसम्मकै सफल बनाउने गरी बजेट ल्याउने तयारी भइरहेको जानकारी दिए। 

‘मैले बजेट निर्माण थाल्नुअघि सम्माननीय प्रधानमन्त्रीज्यूसँग छलफल गरेको थिएँ। त्यसक्रममा तपाई (प्रधानमन्त्री) को नेतृत्व लिएर बजेट बनाउने हो। यो सरकारलाई अहिलेसम्मकै सफल र जनताको नजरमाा लोकप्रिय हुने हिसाबले बजेट बन्छ, कुनै चिन्ता लिनु पर्दैन भनेको छु,’ उनले भने, ‘उहाँले पनि ठीक छ, तपाई अघि बढ्नुस् भनेपछि बजेट निर्माण प्रकृया सुरु गरिएको हो।’ 

बजेटमा व्यवसायीको मात्र नभई दुरदराजका सर्वसाधरणको पनि कुरा सुनिने उनले बताएका हुन्। ‘अहिले तपाईहरु (निजी क्षेत्र) सँग सुझाव लिएको छु। केही दिनमै कर्णालीदेखी झापासम्मका नागरिकको पनि सुझाव लिन्छौं र यसपटकको बजेट सबैलाई अपनत्व हुने गरी सार्वजनिक गर्छौं,’ मन्त्री शर्माले भने। 

शोधानान्तर घाटा, तरलता अभाव र रेमिट्यान्समा भएको कमीलाई सरकारले नियमन गर्न खोजेपनि बाह्य कारणाले गर्दा अप्ठ्यारो परेको उनले बताए। राजनीतिज्ञ, कर्मचारी, व्यवसायी र आम उपभोक्ताले देशको हित सोच्दा आफ्नो स्वार्थको कुरा हेर्न नहुने उनको जिकिर थियो। साथै, व्यवसायीको समस्या अर्थ मन्त्रालयले हल गर्ने बताउँदै जुनसुकै समस्या लिएर आउन पनि उनले आग्रह गरे।  

‘बिना स्वार्थ देशको अर्थतन्त्रलाई माथी उठाउन म तयार छु। तपाईहरु पनि तयार भएर आउनुस्’ उनले भने। सो छलफलमा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अल्पकालिन, मध्यकालिन् र दीर्घकालिन सुझाव पेश गरेका थिए। अहिलेको अर्थतन्त्रमा देखिएको समस्या सरकारको क्षमताभन्दा बाहिरको विषय भएकाले नियन्त्रण गर्न कठिनाइ भएको अध्यक्ष गोल्छाको भनाइ थियो। 

‘अहिले हामी जुन समस्याबाट गुज्रिरहेका छौं। यो नियन्त्रण गर्ने कुरा भनेको सरकारको क्षमतताभन्दा बाहिर छ। त्यसैले निजी क्षेत्रको मनोबल पनि धेरै खस्केको छ’ उनले भने। त्यस्तै उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले दुई अंकको आर्थिक वृद्धिदर हाँसिल गर्ने लक्ष्य राखेर बजेट निर्माण हुनुपर्ने सुझाव दिए। उनले ऊर्जामा निजी क्षेत्रको ५० प्रतिशत योगदान रहेको भन्दै पिपिए रोक्ने काम ठीक नभएको धारणा रारेका थिए। 

कार्यक्रममा चेम्बर अफ कमर्सको वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले निजी क्षेत्रमैत्री वातावरण सृजना गर्न सुझाव दिएका थियो। 


प्रकाशित : बिहीबार , चैत १० २०७८१४:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend