बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत १० २०७८
जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब

समितिले सार्वजनिक सूचना जारी गर्दै जीवन बीमा कम्पनीको पुँजी ५ अर्ब र निर्जिवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पु‍र्‍याउने निर्णय गरिएको जानकारी दिएको छ। 

काठमाडौं- बीमा कम्पनीहरूको चुक्ता पुँजी बढेको छ।

बीमा समितिले कम्पनीहरूको चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गरेको छ। समिति सञ्चालक समितिले कम्पनीहरूको भारबहन क्षमता बढाउनका लागि भन्दै पुँजी वृद्धि गर्ने निर्णय गरेको जानकारी दिएको छ। 

समितिले सार्वजनिक सूचना जारी गर्दै जीवन बीमा कम्पनीको पुँजी ५ अर्ब र निर्जिवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पु‍र्‍याउने निर्णय गरिएको जानकारी दिएको छ। 

समितिको यो निर्णय अनुसार कम्पनीहरूले पुँजी बढाउनुपर्ने भएको छ। यसअघि जीवन बीमा कम्पनीको २ र निर्जिवनको चुक्ता पुँजी १ अर्ब रुपैयाँ थियो। 

press-relese.jpg

प्रकाशित : बिहीबार , चैत १० २०७८१४:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend