शुक्रबार, मंसिर ७ गते २०८१    
images
images

जहाजमा पनि हुन्छ तालाचाबी? कसले खोल्छ? कसले बन्द गर्छ?

images
शुक्रबार, चैत ११ २०७८
images
images
जहाजमा पनि हुन्छ तालाचाबी? कसले खोल्छ? कसले बन्द गर्छ?

प्रत्येक उडानअघि जहाज सुरक्षित छ भनेर निश्चित गर्नका लागि प्राविधिक पक्षको जाँच गर्ने इन्जिनियरिङ विभाग हुन्छ। त्यस्तै मेसिनरी बाहेकका सुरक्षालाई चुनौती दिने कुनै पनि अवस्था छैन भनेर निश्चित गर्नका लागि सेफ्टी विभाग हुन्छ। 

images
images

काठमाडौं- व्यक्तिगत स्वामित्वका सवारी साधानको स्वामित्व एउटा व्यक्तिमा निहित हुन्छ। त्यसैगरी सार्वजनिक सवारी साधनको स्वामित्व कम्पनीको नाममा हुन्छ। सवारी साधनको स्वामित्वसँगै नियन्त्रणको विधि पनि प्रष्ट हुन्छ। व्यक्तिगत सवारीको नियन्त्रण व्यक्तिसँगै हुन्छ भने सार्वजनिक सवारीको चालकसँग दैनिक नियन्त्रण हुन्छ।

images
images
images

सवारीसाधनको स्वामित्व र नियन्त्रण लगभग प्रष्ट हुन्छ। यसका चालकसँगै नियन्त्रण हुन्छ र तालाचाबी उहिसँग हुन्छ भनेर सबैको सहज अनुमान हुन्छ। के तपाईंले कहिलै अनुमान गर्नुभएको छ- आकाशमा उड्ने जहाजको तालाचाबीको नियन्त्रण कोसँग हुन्छ होला?  किनकी जहाजको दैनिक सञ्चालन, उडान तथा नियन्त्रण फरक कानूनबाट हुन्छ। 

images

विश्वव्यापी मार्गनिर्देशन तथा कानूनबाट सुरक्षाको प्रत्याभूति हुने जहाजको दैनिक नियन्त्रण कोसँग हुन्छ होला? जहाजको सुरक्षति व्यवस्थापन कसरी गरिन्छ होला? यो प्रश्नको सोझो उत्तर खोज्नुभन्दा पहिला जहाजको सुरक्षित व्यवस्थापनका बारेमा बुझ्नुपर्ने बुद्ध एयरका चिफ एभिएसन सेक्युरिटी अफिसर प्रदीप कटुवाल बताउँछन्। 

images

'सुरक्षित उडानका लागि स्पष्ट मार्गनिर्देशन हुन्छ। स्थानीयमात्र होइन ग्लोबल विधिबाट निर्देशित हुन्छ। सुरक्षित उडानका लागि विभिन्न मार्गनिर्देशन हुन्छन्। हामीजस्तो अपरेटरले त्यसको पालना गर्नका लागि संस्थागत तथा मानव संसाधनको व्यवस्था गरेका हुन्छौँ' कटुवालले भने। 

जहाजको सुरक्षित उडानका लागि कुनै पनि एयरलाइन्सले तोकिएका विधि पालना गर्नुपर्छ। नेपालका सन्दर्भमा नेपाल नागरिक उड्डयन प्राधिकरणले नियम तथा निर्देशिका बनाएको हुन्छ। सोहीअनुसार एयरलाइन्सले कार्यान्वयन गर्नुपर्छ। 

प्राधिकरणले उडान सुरक्षाका लागि अपरेटहरूलाई स्पष्ट निर्देशन दिने र सोही अनुसार कार्यान्वयन हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए। 

'प्राधिकरणले नियमन कानूनमात्र होइन त्यसको अनुगमन पनि गर्छ। कानून बनाउने र त्यसको अनुगमन मात्र होइन सुरक्षाका लागि आवश्यक पूर्वाधार पनि निर्माण गर्छ' अधिकारीले भने। 
 
प्रत्येक उडानअघि जहाज सुरक्षित छ भनेर निश्चित गर्नका लागि प्राविधिक पक्षको जाँच गर्ने इन्जिनियरिङ विभाग हुन्छ। त्यस्तै मेसिनरी बाहेकका सुरक्षालाई चुनौती दिने कुनै पनि अवस्था छैन भनेर निश्चित गर्नका लागि सेफ्टी विभाग हुन्छ। 

'त्यस्ता विभागमा काम गर्ने सबै स्टाफ प्राधिकरणबाट रेटिङ पाएका, कि तालिम लिएका कर्मचारीहरू हुन्छन्। उनीहरूले सुनिश्चित गरेपछि मात्र उडानको सुरूवात हुन्छ' कटुवालले भने। 

cockpti.jpg

यी सबै सुरक्षाका प्राबधानले नै जहाजको नियन्त्रण(तालाचाबी) कोसँग हुन्छ भन्ने निश्चित हुने उनको भनाइ छ। कुनै पनि कम्पनी वा म्यानेजरको चाहनाले यस्तो नियन्त्रण स्थापित हुँदैन। यसका लागि प्राधिकरणको मार्गनिर्देशन अनुसार नै हुन्छ। 

जहाजको नियन्त्रण वा ताला चाबीको जिम्मेवारी विधि र विधानले निर्धारण गर्दा यसको दिनको सुरूवाति दैनिकीबाट हेर्नुपर्ने हुन्छ। जस्तो कुनै पनि जहाजको पहिलो उडान सुरूहुनु पहिले जहाज प्राविधिक रूपमा 'एयरवर्दी' छ भनेर स्पष्ट हुनुपर्छ। 

एयरवर्दी जहाजमात्र उडान तालिकामा जान्छ। त्यसरी उडान तालिकामा रहेको जहाज एयरलाइन्सका सेफ्टी विभागका कर्मचारीहरूले चेक गर्छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत चेकलिस्टअनुसार उनीहरूले जाँच गर्छन्। 

कुनै पनि जहाजभित्र यात्रुको पहुँच हुनसक्ने ठाउँमा उडानलाई असुरक्षित गर्ने कुनै सामग्री वा साधन छन कि छैनन् भनेर चेक गर्छन्। कहाँ के हुनसक्छ भनेर कर्मचारीहरूले चेक गर्छन्। 

'उनीहरूले चेक गरेर उडानलाई प्रतिकूल प्रभावित पार्नसक्ने कुनै पनि चिजवस्तु छैन भनेर रुजु गरेपछि बोर्डिङ प्रक्रियाका लागि जहाज अघि बढ्छ' कटुवालले भने। 

यो प्रक्रिया सकिएपछि जहाजको नियन्त्रण अपरेसन टोलीमा जान्छ। अपरेसन टोली भनेको उडान दलका सदस्य हुन्। यसरी जहाज उडान दलको नियन्त्रणमा गएपछि त्यहाँ पनि पहुँच नियन्त्रण हुन्छ। यात्राका लागि बोर्डिङ पास लिएकाहरूमात्र भित्र प्रवेश गर्न पाउँछन्। 

जहाज गन्तव्यमा पुगेपछि भने नियन्त्रण उडान दलकै सदस्यमा रहन्छ।

आधार विमानस्थल (बुद्ध एयरका लागि काठमाडौं विमानस्थल) बाहेकमा यदि नाइटस्टप गर्नुपर्ने हुनसक्छ। सामान्यतया जहाजहरू आधार विमानस्थलमै आउँछन्। मौसम, प्राविधिक तथा अन्य कारणले केहीगरी काठमाडौं बाहिर नै बस्नुपर्ने भएमा जहाजको नियन्त्रण तथा व्यवस्थापन हुन्छ। 

त्यस्तो अवस्थामा जहाजको ढोका बन्द गरिन्छ। त्यसमाथि सिल राखिन्छ।

'जहाजमा सबै डोर लकिङ गर्ने काम हुन्छ। लकिङ गर्दा सेक्युरिटी स्टाफ, ग्राउन्ड स्टाप र क्रुटिमले काम गर्छन्। त्यो लक प्रत्येक स्टेसनमा हुन्छ। त्यसमा अतिरिक्त ब्यारियरका लागि हामीसँग सेक्युरिटी सिल हुन्छ। लकमाथि सिल लगाउँछौँ। त्यो प्रत्येक स्टेसनमा हुन्छ। त्यो सिल कसैले निकाल्यो भने टेम्पर प्रमाण त्यही रहन्छ। ब्रेक गर्‍यो भन्ने कुरा थाहा हुन्छ। कति नम्बरको सिल छ भनेर लक बुकमा रेकर्ड हुन्छ' कटुवालले भने। 

aircraft.jpg

तर काठमाडौंमा भने लक मात्र हुन्छ। जहाजको लक गरेपछि त्यसको सुरक्षाको जिम्मा निश्चित विभागको हुँदैन। तर त्यसको प्राविधिक परीक्षण तथा सुपरिवेक्षणको जिम्मा लिने इन्जिनियरिङ विभाग, ग्राउन्ड स्टाफले त्यसको जिम्मा लिन्छन्।

समग्रमा जहाजको तालाचाबीको जिम्मा सुरूमा प्राविधिकहरूमा हुन्छ। तर त्यसपछि यसको जिम्मेवारी आवश्यकता अनुसार सर्दै जान्छ। जस्तो प्राविधिकहरूले जहाजको सबै परीक्षण गरेर सकेपछि सेफ्टी चेक गर्दा सेफ्टी विभागका कर्मचारीले पहुँच नियन्त्रण लिन्छन्। यसरी जहाजको तालचाबीको अन्तिम दायित्व निश्चित व्यक्ति वा विभागलाई हुँदैन। लेयरवाइज यस्तो नियन्त्रण सर्दै जान्छ। 


प्रकाशित : शुक्रबार, चैत ११ २०७८०८:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend