आइतबार, वैशाख २३ गते २०८१    
images
images

९३.१ प्रतिशतले लगाए कोराना भाइरसविरुद्धको खोप

images
बिजनेस न्युज
images
images
९३.१ प्रतिशतले लगाए कोराना भाइरसविरुद्धको खोप
images
images

काठमाडौं- नेपालमा अहिलेसम्म लक्षित जनसङ्ख्याको ९३ दशमलव १ प्रतिशतले पहिलो मात्रा र ८१ दशमलव ६ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन्।

images
images
images

नेपालमा हालसम्म कुल ४ करोड ७८ लाख ८२ हजार ८ सय मात्रा कोरोना भाइरसविरुद्धको खोप प्राप्त भएको छ। तीमध्ये चीन सरकारले १ करोड ९७ लाख ३६ हजार ४ सय मात्रा खोप उपलब्ध गराएको छ।

images

यस्तै चीन सरकारले ३४ लाख सिरिञ्ज पनि उपलब्ध गराएको छ। चीनसहित छिमेकी मुलुक भारत, अमेरिका, जापानलगायत देशले पनि कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराएका छन्। 

images

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बादेबाबु थापाका अनुसार चीन सरकारसँग खरिद गरेर सरकारबाट सरकार (जिटुजी)मार्फत एक करोड, एशियाली विकास बैंकको ऋण सहायतामा ५९ लाख ३६ हजार ४ सय, अनुदानमा ३४ लाख मात्रा खोप उपलब्ध गराएको हो। यस्तै एक लाख चिनियाँ रेडक्रमले नेपाल रेडक्रसलाई र तीन लाख मात्रा चीनले नेपाली सेनालाई उपलब्ध गराएको छ।

images
images

यस्तै चीन सरकारले नयाँ बानेश्वरस्थित सिभिल अस्पताल र चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल निर्माण गर्नसमेत सहयोग गरेको छ। रासस

images

प्रकाशित : बिहीबार , चैत १० २०७८०१:०३
प्रतिक्रिया दिनुहोस