शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

सुनको मूल्य प्रतितोला ३ हजार र चाँदीको मूल्य १०० रुपैयाँले घट्यो

मंगलबार, वैशाख १५ २०८३
सुनको मूल्य प्रतितोला ३ हजार र चाँदीको मूल्य १०० रुपैयाँले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ।

काठमाडौं- नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सोमबार सुन प्रतितोला  ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँमा कायम भएको छ। हिजो सोमबार चाँदी प्रतितोला ५ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो।

नेपाली बजारमा गत माघ १५ गते हालसम्मकै उच्च मूल्यमा सुनचाँदीको कारोबार भएको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ७ हजार ५ सय ५ रुपैयाँ थियो।


प्रकाशित : मंगलबार, वैशाख १५ २०८३११:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend