शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

भाटभटेनीमा सामान किनेका दुई जनाले जिते टाटा पन्च ईभी

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख १५ २०८३
भाटभटेनीमा सामान किनेका दुई जनाले जिते टाटा पन्च ईभी

उनीहरुले भाटभटेनी स्टोरमा २५ सय रुपैयाँ बराबरको किनमेल गर्दा दुई जनाले टाटा पन्च ईभी जितेका हुन्।

काठमाडौं- भाटभाटेनी सुपर मार्केटमा किनमेल गर्दा दुई जनाले विद्युतीय सवारी टाटा पन्च ईभी जितेका छन्। उनीहरुले भाटभटेनी स्टोरमा २५ सय रुपैयाँबराबरको किनमेल गर्दा टाटा पन्च ईभी जितेका हुन्।

दसैँ, तिहार र छठको अवसर पारेर सपिङ गर्दा टाटाको ‘पन्च ईभी’ जित्न सकिने योजना भाटभटेनीले ल्याएको थियो। सो योजनाअन्तर्गत भाटभटेनीले लक्की ड्रमार्फत दुई जनालाई टाटाको पन्च ईभी दिने बताएको थियो। 

सोही योजनाअनुसार सोमबार पुरस्कार घोषणा गरिएको हो। उक्त योजनाअन्तर्गत कलंकीकी रोशनी सिंह तथा नेपाल पेबाट क्यूआर गरी सामानको मूल्य तिर्ने पाटनकी समिता प्रधानले टाटाको पन्च ईभी जितेका हुन्।

टाटा मोटर्स नेपालका लागि अधिकारिक बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङ र भाटभाटेनीबीच सहकार्य गरी ग्राहकलाई चाडपर्वको अवसरमा सामान किन्दा कार जित्ने योजना ल्याइएको थियो।

‘भाटभटनीबाट किनमेल गरौँ, टाटा पन्च ईभी जितौँ' भन्ने नारासहित स्किमको लाभ पुसको १६ गतेसम्म भाटभटेनीमा सामान किनमेल गर्ने ग्राहकले लिएका थिए।


प्रकाशित : मंगलबार, वैशाख १५ २०८३११:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend