बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

मेगा र कुमारी बैंक विग मर्जरको तयारीमा, कस्तो होला मर्जपछिको बैंक?

बिहीबार , चैत १० २०७८
मेगा र कुमारी बैंक विग मर्जरको तयारीमा, कस्तो होला मर्जपछिको बैंक?

मेगा बैंकको बिहीबार अन्तिम कारोबार प्रतिकित्ता २५९ रुपैयाँमा भएको थियो।

काठमाडौं- एकपछि अर्को बैंक मर्जरमा जाने तरखर भइरहेका बेला कुमारी बैंक र मेगा बैंक पनि मर्जरमा जाने गरी तयारी गरेका छन्। दुई बैंक पनि मर्जरमा जाने तयारीसहित अनौपचारिक छलफललाई तीब्र पारेका छन्। 

दु्ई बैंकबीच मर्जभएपछि हुने नाम, स्वाप रेसियो र मर्जपछि प्रमुख कार्यकारी अधिकृतको विषयमा छलफल भइरहेको छ। स्वाप सम्भवत १ः१ रेसियोमा सम्झौता हुने र बाँकी बैंकहरुको सम्पती मूल्यांकन गरेर निर्णय हुने छ। दुई बैंकले अनौपचारिक रुपमा मर्जर समिति बनाएर छलफल गरिरहेका छन्। प्याकेजमै सहमति भएपछि मात्रै सार्वजनिक गर्ने तयारी बैंकको छ। 

सीईओमा मेगा बैंककै सीईओ अनुपमा खुञ्जेलीलाई नै निरन्तरता दिने गरी समेत सहमती भएको छ। दुई बैंकको नाम भने मेगा कुमारी राखेर जाने विषयमा छलफल भइरहेको छ। मेगा कुमारी वा कुमारी मेगा मध्ये एक नाम हुने छ। मेगा बैंकको १६ अर्ब १२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ। मेगा बैंकको बिहीबार अन्तिम कारोबार प्रतिकित्ता २५९ रुपैयाँमा भएको थियो।

त्यस्तै कुमारी बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ। यो बैंकको बिहीबार अन्तिम करोबार २३६ रुपैयाँमा भएको थियो। कुमारीको बजार पुँजीकरण ३४ अर्ब ७१ करोड रुपैयाँ हुदाँ मेगा बैंकको बजार पुँजीकरण ४१ अर्ब ७५ करोड रुपैयाँ रहेको छ। दुई बैंक मर्ज हुदाँ झन्डै ३१ अर्ब चुक्ता पुँजी हुनेछ।


प्रकाशित : बिहीबार , चैत १० २०७८१२:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend