शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

५२९ किलोमिटर रेन्ज र १८० किलोवाट मोटरलगायतका विशेषता भएको एमजी एस सिक्स ईभी नेपाल भित्रिँदै

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख १४ २०८३
५२९ किलोमिटर रेन्ज र १८० किलोवाट मोटरलगायतका विशेषता भएको एमजी एस सिक्स ईभी नेपाल भित्रिँदै

काठमाडौं- एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी एमजी एस सिक्स सार्वजनिक गर्ने भएको छ।

पारामाउन्ट मोटर्सले आगामी एक महिनाभित्रै नेपाली बजारमा यो नयाँ मोडल सार्वजनिक गर्ने बताएको छ। नेपालभर रहेका एमजीका सबै १४ शोरुममार्फत नयाँ ईभीको बुकिङदेखि बिक्री समेत प्रारम्भ हुने कम्पनीको भनाइ छ।

गत वर्षदेखि बजारमा उपलब्ध एमजी एस५ को सफलतापछि कम्पनीले त्यो भन्दा ठूलो साइज, बढी पावर र आधुनिक प्रविधिसहितको नयाँ ईभी ल्याउन लागेको हो। बजारमा उपलब्ध विभिन्न ईभीका सफल मोडलमा एमजीले छुट्टै प्रभाव पार्दैछ। अझ यो नयाँ ईभीमा भएको प्रविधि, डिजाइन र उत्कृष्ट रेन्जका कारण नेपाली ग्राहकका लागि एक आकर्षक विकल्प बन्न सक्ने अनुमान गरिएको छ।

विशेषगरी प्रिमियम फिचर र लामो दूरीको यात्रा तय गर्न चाहने ग्राहकलाई लक्षित गरी यो गाडी बजारमा ल्याउने तयारी भएको एमजीका मार्केटिङ प्रमुख सन्दीप शर्माले जानकारी दिए। पारिवारिक आवश्यकता र आधुनिक प्रविधिलाई प्राथमिकता दिएर डिजाइन गरिएको यो एसयूभीले नेपाली बजारमा निकै प्रतिस्पर्धात्मक बन्दै गएको इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा बलियो उपस्थिति जनाउने अपेक्षा गरिएको छ।

एमजी एस सिक्स मा १८० किलोवाटको मोटर र ७७ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। जसले १४४ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ। यसमा रहेको रियर ह्विल ड्राइभले २४४ हर्सपावर र ३५० एनएम टर्क उत्पन्न गर्छ। यसले एक पटकको फुल चार्जमा करीब ५२९ किलोमिटरको रेन्ज प्रदान गर्छ, जुन उक्त किलोमिटरमा डब्लुएलटीपी वर्ल्डवाइड हार्मोनाइज्ड लाइट-ड्युटी भेइकल्स टेस्ट प्रोसेड्युएर भेरिफाइड रहेको कम्पनीले जनाएको छ।

'यो ईभीको भित्री फिचरलाई निकै आरामदायी बनाइएको छ। यसमा अगाडिको सिटहरूमा हिटेड र भेन्टिलेटेड दुवै सुबिधा उपलब्ध छ भने पछाडिको सिटमा समेत हिटेड सुबिधा दिइएको छ, शर्माले भने। अघिल्ला मोडलहरूको तुलनामा यो गाडीमा धेरै प्राविधिक सुधारहरू भएका छन्।

आकर्षक डिजाइनका साथ एमजी एस सिक्स ईभीका मुख्य विशेषताहरू

उक्त ईभी एमजीको मोड्युलर स्केलेबल प्लेटफर्ममा आधारित छ। जसमा चर्चित एमजी४ ईभी पनि निर्माण गरिएको छ। कम्पनीका अनुसार यसको डिजाइन निकै तीखो र आक्रामक देखिन्छ, जसमा एमजीको साइबरस्टर रोडस्टरबाट प्रेरित एंगुलर हेडल्याम्प र आकर्षक फेसिया प्रयोग गरिएको छ। गाडीको पछाडिको भागमा पूर्ण चौडाइको एलईडी लाइट बार दिइएको छ।

यो गाडीको इन्टेरियरमा प्रविधि र सुविधाको उत्कृष्ट मिश्रण रहेको कम्पनीको दाबी छ। यसमा १२.८ इन्चको इन्फोटेनमेन्ट स्क्रिन र १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले जडान गरिएको छ। आधुनिक टच इन्टरफेसका बीचमा पनि मुख्य कार्यहरूका लागि फिजिकल कन्ट्रोलहरू कायमै राखिएको छ, जसले ड्राइभिङका क्रममा सहजता प्रदान गर्ने बताइएको छ।

कम्पनीका अनुसार व्यावहारिकताको हिसाबले यसमा ६७४ लिटरको बुट स्पेस छ। जसलाई पछाडिका सिटहरू फोल्ड गरेर १,९१० लिटरसम्म बढाउन सकिन्छ। साथै, चार्जिङ केबल वा साना सामान राख्ख्रका लागि अगाडि १२४ लिटरको फ्रन्ट ट्रंक पनि दिइएको छ। सुरक्षाका दृष्टिकोणले एमजीको यस गाडीले फाइभ स्टार युरो एनक्याप रेटिङ प्राप्त गरेको छ।

यस बाहेकका सुविधाहरूमा यो ईभीमा एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट रहेको छ। ११ स्पिकर अडियो सिस्टम र प्यानोरामिक सनरुफ छन्। साथै, युट्युब जस्ता इन-बिल्ट स्ट्रिमिङ एपहरू र वायरलेस चार्जिङ सुविधा छन्।

नेपालमा एमजी एस सिक्स को आगमन पश्चात पहिले नै बजारमा रहेका बीवाईडी सिलायन ७, दिपल एस ०७ र लिपमोटर सी१० जस्ता गाडीहरूसँग कडा प्रतिस्पर्धा गर्नेछ।


प्रकाशित : सोमबार, वैशाख १४ २०८३१६:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend