शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

'स्मार्ट डोमेस्टिक एप्लायन्सेस' अन्तर्गत सीजीको नयाँ प्रिमियम स्ट्यान्ड फ्यान सार्वजनिक

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख १४ २०८३
'स्मार्ट डोमेस्टिक एप्लायन्सेस' अन्तर्गत सीजीको नयाँ प्रिमियम स्ट्यान्ड फ्यान सार्वजनिक

काठमाडौं- गर्मीलाई मध्यनजर गर्दै इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले आफ्नो स्मार्ट डोमेस्टिक एप्लायन्सेस  पोर्टफोलियोमा नयाँ र शक्तिशाली 'हाइ-पर्फोमेन्स' स्ट्यान्ड फ्यान सार्वजनिक गरेको छ।

कम्पनीले आफ्नो प्रिमियम सिरिज सीजी मेरिडिया अन्तर्गत अत्याधुनिक र शक्तिशाली मोडल बजारमा ल्याएसँगै मेरिडिया सेग्मेन्टमा अब विकल्पहरूको संख्या ३ पुगेको छ र अब उपभोक्ताले गर्मीमा अझ प्रभावकारी शीतलता प्राप्त गर्ने जनाइएको छ।

नेपाली उपभोक्ताको विविधतापूर्ण आवश्यकता र प्रिमियम जीवनशैलीलाई सम्बोधन गर्दै सीजीले स्ट्यान्ड फ्यान सेग्मेन्टमा आफ्नो उपस्थितिलाई रणनीतिक रूपमा मजबुत बनाएको छ। बजारमा सीजीको नेतृत्वलाई निम्न तीन तहको वर्गीकरणले थप पुष्टि गर्दछ।

प्रिमियम मेरिडिया सिरिज (३ मोडल): अत्याधुनिक प्रविधि र विलासी अनुभव खोज्ने ग्राहकका लागि सीजी मेरिडिया अन्तर्गत हालै सार्वजनिक नयाँ मोडलसहित ३ वटा उच्चस्तरीय फ्यानहरू उपलब्ध छन्, जसले 'स्मार्ट' फिचर र प्रिमियम लुक्सको उत्कृष्ट समिश्रण प्रदान गर्दछन्।

सीजी स्ट्यान्ड फ्यान रेन्ज (९ मोडल): आम उपभोक्ताको दैनिक आवश्यकता र किफायती मूल्यमा उच्च कार्यक्षमता सुनिश्चित गर्न ९ वटा विभिन्न भेराइटीका स्ट्यान्ड फ्यानहरू उपलब्ध छन्। यो रेन्जले घरदेखि कार्यालयसम्मका हरेक आवश्यकतालाई पूरा गर्दछ।

शक्तिशाली फर्राटा फ्यान (३ मोडल): औद्योगिक प्रयोग वा ठूला हलहरू जहाँ उच्च क्षमताको हावाको बहाव आवश्यक पर्छ, त्यहाँका लागि ३ वटा शक्तिशाली 'फर्राटा फ्यान' उपलब्ध छन्।

यसरी कुल १५ वटा मोडलहरूको यो विस्तृत रेन्ज नेपाली बजारमा अन्य कुनै पनि ब्रान्डको तुलनामा सबैभन्दा ठूलो छ, जसले हरेक वर्गका ग्राहकको बजेट र आवश्यकतालाई 'कस्टमाइज्ड' समाधान दिने सीजीको क्षमतालाई प्रमाणित गर्दछ।

नयाँ सार्वजनिक गरिएको १८ इन्चको यो मेरिडिया मोडलमा आधुनिक प्रविधि र उच्च कार्यक्षमताका विभिन्न विशेषता समावेश छन्।  रोबस्ट एण्ड रिलायबल मोटर लामो समयसम्म निरन्तर चल्न सक्ने अत्यन्तै मजबुत र भरपर्दो मोटरको प्रयोग गरिएको छ। १८ इन्चको फराकिलो स्विपले गर्दा ठूला कोठा वा हलहरूमा हावा समान रूपमा फैलिन्छ। एयरोडाइनामिकली डिजाइन गरिएका ५ वटा एल्युमिनियम ब्लेडले हावालाई तीव्र र प्रभावकारी रूपमा प्रवाह गर्छन्। उपभोक्ताले आफ्नो सहजता अनुसार ४ वटा फरक गतिमा हावाको प्रवाह नियन्त्रण गर्न सक्नेछन्। फराकिलो कोणमा घुम्ने सुविधाले गर्दा कोठाको हरेक कुनामा हावा पुग्दछ। गुणस्तरमा पूर्ण भरोसा प्रदान गर्न सीजीले यसको मोटरमा २ वर्षको विशेष वारेन्टी उपलब्ध गराएको छ।


प्रकाशित : सोमबार, वैशाख १४ २०८३१६:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend