शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

नयाँ १६ सिटर किङलङ इलेक्ट्रिक भ्यान सार्वजनिक, ब्लेड ब्याट्रीसहितका विशेषता

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख १४ २०८३
नयाँ १६ सिटर किङलङ इलेक्ट्रिक भ्यान सार्वजनिक, ब्लेड ब्याट्रीसहितका विशेषता

काठमाडौं- सीजी मोटर्सले अत्यधुनिक प्रविधि र उत्कृष्ट प्रदर्शनसहितको किङलङ १६ सिटर इलेक्ट्रिक भ्यान औपचारिकरूपमा सार्वजनिक गरेको छ। नयाँ मोडेलले नेपालको व्यवसायिक विद्युतीय सवारी क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।

१६ सिटर भ्यानको मुख्य विशेषता यसको ७५.४१ किलोवाट आवर ब्लेड ब्याट्री हो, जुन यस सेग्मेन्टमै पहिलो भएको कम्पनीले जनाएको छ। यो ब्याट्रीले उच्च सुरक्षा, लामो आयु र उत्कृष्ट रेन्ज प्रदान गर्दै दैनिक सञ्चालनलाई अझ विश्वसनीय बनाउने कम्पनीको भनाइ छ।

यससँगै १२० किलोवाटको शक्तिशाली मोटरले सशक्त परफर्मेन्स सुनिश्चित गर्छ भने आरामदायी र फराकिलो इन्टेरियरले यात्रुहरूको यात्रा अनुभवलाई अझ सहज र सुखद बनाउने कम्पनीले जनाएको छ।

किङलङ सन् १९८८ मा चीनको सियामेनमा स्थापना भएको बस तथा कमर्सियल भेहिकल निर्माता कम्पनी हो। तीन दशकभन्दा लामो अनुभवसहित कम्पनीले बस, कोच र कमर्शियल भ्यान निर्माणमा विश्व बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएको छ।

सीजी मोटर्सका अनुसार यो सवारी नेपालमा बढ्दो इको-फ्रेन्डली, सुरक्षित, उच्च क्षमता र किफायती यातायात समाधानको आवश्यकतालाई ध्यानमा राखेर ल्याइएको हो। नेपालभर किङलङले हालसम्म ५,००० भन्दा बढी युनिट बिक्री, २६० भन्दा बढी चार्जिङ स्टेशन, २० भन्दा बढी सर्भिस स्टेशन र १४ डिलर नेटवर्कमार्फत ग्राहकहरूलाई सेवा दिँदै आएको छ।

नयाँ किङलङ १६ सिटरको मूल्य ७२ लाख ५० हजार रुपैयाँको प्रारम्भिक मूल्यमा उपलब्ध छ, जसले यातायात व्यवसायी र फ्लिट अपरेटरहरूका लागि आकर्षक विकल्प प्रस्तुत गर्ने सीजी मोटर्सको भनाइ छ।


प्रकाशित : सोमबार, वैशाख १४ २०८३१६:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend