काठमाडौं- अन्तर्राष्ट्रिय ब्रान्ड बर्ली होम एप्लायन्सले आफ्नो उत्पादन विस्तार गरिरहेको छ। यसै क्रममा कम्पनीको नेपालका लागि आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले ठूला व्यावसायिक क्षेत्रका लागि ३ वटा नयाँ 'हेभी-ड्युटी' कमर्सियल एयर कुलर बजारमा ल्याएको छ।
गत वर्ष एकैपटक १७ वटा एयर कुलर मोडल सार्वजनिक गरेको बर्लीले जाडो मौसममा एलिगेन्स र एलेसिया सिरिजका ६ आधुनिक गिजर सार्वजनिक गरेको थियो। त्यसको सफलतापछि कम्पनीले गर्मीलाई लक्ष्य गर्दै नयाँ एयर कुलर बजारमा ल्याएको हो। बर्लीले बैंक, अफिस, ठूला शोरुम, रेस्टुरेन्ट, पार्टी प्यालेस र जिमका लागि उपयुक्त हुने गरी ३ मोडेलका एयर कुलर सार्वजनिक गरेको हो।
मेगाकुल ४डब्लूएस-१३५ लिटर मोडेलले ९ हजार घनमिटर प्रतिघण्टाको दरले एयर डेलिभरी दिन्छ। यसमा २० इन्चको 'प्लास्टिक हाइ पर्फर्मेन्स' ब्लेड छ। यसमा चौतर्फी स्विङ प्रविधि, वाटर लेभल इन्डिकेटर छ र ठूला सभाहलका लागि यो उत्कृष्ट रहेको कम्पनीको दाबी छ।
वाइन्ड कमान्डर ३एस-१२० लिटर मोडेलले ७ हजार ५ सय घनमिटर प्रतिघण्टा वायु प्रवाह गर्छ। यसमा २० इन्चको 'प्लास्टिक हाइ पर्फर्मेन्स' ब्लेड छ। शक्तिशाली एयर-थ्रो, एरोडाइनामिक ब्लेड र टिकाउ हेभी-ड्युटी मोटर यसका विशेषता हुन्।
मेगाकुल ४डब्लूएस-१०० लिटर मोडेलले ६ हजार ५ सय घनमिटर प्रतिघण्टा वायु प्रवाह गर्छ। यसमा १७ इन्चको 'प्लास्टिक हाइ पर्फर्मेन्स' ब्लेड छ। इनभर्टर अनुकूल संरचना र शक-प्रुफ बडी यसका विशेषता हुन्।
बर्लीका यी कमर्सियल कुलरका प्रमुख विशेषता यसमा रहेको चौतर्फी कुलिङ प्रविधि हो जसले ठूला व्यावसायिक ठाउँमा समान शीतलता सुनिश्चित गर्छ। यसमा हावालाई दायाँ-बायाँ र माथि-तल फैलाउने स्वचालित संयन्त्र छ।
भित्रपट्टि रहेका स्वचालित लुभर्सले हावालाई भुइँदेखि छतसम्म र बाहिरी लुभर्सले कोठाको पूरै चौडाइमा चिसो हावा प्रवाह गर्छ। यो एयर फ्लो प्रविधिले गर्दा बैंक, रेस्टुरेन्ट वा जिम जस्ता धेरै मानिस हुने ठूला हलमा पनि हावा कतै ब्लक नभइ कोठाका हरेक कुनासम्म सहजै पुग्दछ।
बर्ली कमर्सियल कुलरमा परम्परागत घाँसको तुलनामा धेरै चिसो र लामो समयसम्म टिक्ने प्याड छन्। पाइप जोडेर सिधै पानी भर्न सकिन्छ। एयर कन्डिसनरको तुलनामा ८० प्रतिशतसम्म कम बिजुली खपत गर्छ। बलियो 'कास्टर ह्विल्स' का कारण सजिलै यताउता सार्न मिल्छ।
सीजी इलेक्ट्रोनिक्सका अनुसार बर्लीले छोटो समयमै नेपालमा कमाएको विश्वासको मुख्य आधार नै उत्पादनको गुणस्तर र भरपर्दो सेवा हो। 'हामीले गत वर्ष १७ मोडल सार्वजनिक गर्दा जुन विश्वास नेपाली ग्राहकबाट पायौँ, हालैको गिजर लन्चले त्यसलाई झन् मजबुत बनाएको छ। अब यो कमर्सियल रेन्जसँगै हामी ठूला व्यवसायलाई पनि उत्कृष्ट कुलिङ सोलुसन प्रदान गर्न प्रतिबद्ध छौँ,' सीजी इलेक्ट्रोनिक्सका प्रवक्ता भन्छन्।
बर्ली होम एप्लायन्स द्रुत गतिमा विस्तार भइरहेको अन्तर्राष्ट्रिय ब्रान्ड हो जसले कुलिङ, हिटिङ, किचेन र होम-कम्फर्ट श्रेणीका उत्पादनमा आधुनिक, दीिगो र ऊर्जा-दक्ष समाधान प्रदान गर्छ। प्रिमियम निर्माण र उपभोक्तामैत्री प्रदर्शनका कारण बर्ली दक्षिण एसियाली बजारमा लोकप्रिय छ। नेपाल पनि बर्लीका लागि महत्त्वपूर्ण बजारका रूपमा स्थापना हुँदै गएको छ। नेपालमा सीजी इलेक्ट्रोनिक्समार्फत बर्लीका उत्पादन वितरण हुँदै आएको छ।