शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीतिको मस्यौदामा सरोकारवालाको सुझाव माग

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, वैशाख १२ २०८३
ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीतिको मस्यौदामा सरोकारवालाको सुझाव माग

मन्त्रालयले सूचना जारी गर्दै उक्त रणनीतिलाई थप परिष्कृत, व्यावहारिक र प्रभावकारी बनाउन विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाको सुझाव आवश्यक रहेको जनाएको हो।

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ को मस्यौदामा सरोकारवालाबाट रायसुझाव आह्वान गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै उक्त रणनीतिलाई थप परिष्कृत, व्यावहारिक र प्रभावकारी बनाउन विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाको सुझाव आवश्यक रहेको जनाएको हो।

मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी कार्यसूचीको बुँदा नं. ७४ (क) र (ग) बमोजिम ऊर्जा खपत र निर्यात रणनीतिलाई सम्बोधन गर्ने गरी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले उच्चस्तरीय अध्ययन समिति गठन गरेका थिए। उक्त समितिले बिहीबार रणनीतिको मस्यौदा तयार गरी बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री समक्ष पेस गरेको थियो।

मन्त्रालयका अनुसार ऊर्जा खपत बढाउने तथा खपत गरी बढी भएको विद्युत निर्यातलाई व्यवस्थित गर्ने उद्देश्यले तयार गरिएको रणनीतिमा व्यापक सुझाव समेट्न खोजिएको छ।

सरकारी निकाय, निजी क्षेत्र, नागरिक समाज, विषय विज्ञ तथा आम सर्वसाधारणलाई मस्यौदा अध्ययन गरी तीन दिनभित्र सुझाव उपलब्ध गराउन आग्रह गरिएको छ। मस्यौदा मन्त्रालयको वेबसाइटमा उपलब्ध छ।

इच्छुकले मन्त्रालयको ईमेल वा फिड ब्याक पोर्टलमार्फत सुझाव पठाउन सक्नेछन्। मन्त्रालयले प्राप्त सुझावलाई समेट्दै रणनीतिलाई अन्तिम रूप दिइने जनाएको छ।


प्रकाशित : शनिबार, वैशाख १२ २०८३१२:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend