शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

नेपाल वायु सेवा निगममा चार जना सञ्चालक सदस्य नियुक्तिका लागि आवेदन माग

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, वैशाख १२ २०८३
नेपाल वायु सेवा निगममा चार जना सञ्चालक सदस्य नियुक्तिका लागि आवेदन माग

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै खुला प्रतिस्पर्धाबाट दरखास्त आह्वान गरेको हो।

काठमाडौं- नेपाल वायु सेवा निगममा रिक्त चार जना सञ्चालक सदस्य नियुक्तिका लागि दरखास्त आह्नान गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै खुला प्रतिस्पर्धाबाट दरखास्त आह्वान गरेको हो।

मन्त्रालयका अनुसार नेपाल वायु सेवा निगम ऐन, २०१९ को दफा ४ को उपदफा (१) बमोजिम निगमको कार्य सञ्चालनका लागि गठन हुने सञ्चालक समितिको रिक्त तीन तथा सोही ऐनको दफा ४ को उपदफा (७) बमोजिम ६ महिनाभित्र रिक्त हुने एक गरी चार जना सदस्य नियुक्त गर्नुपर्ने भएको छ।

वाणिज्य, अर्थ तथा लेखाशास्त्रमा ख्यातिप्राप्त वा उड्डयन तथा पर्यटन प्रवर्द्धनसम्बन्धी क्षेत्रमा अनुभवप्राप्त इच्छुक उम्मेदवारले सूचना प्रकाशन भएको मितिले सात दिनभित्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ। आवेदन सिंहदरबारस्थत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा दिनुपर्नेछ।

आवेदन फाराम, उम्मेदवारको योग्यता तथा अनुभव, पेस गर्नुपर्ने कागजात, छनोट विधि, पारिश्रमिक तथा सुविधालगायतका विवरण मन्त्रालयको वेबसाइटमा उपलब्ध छ।


प्रकाशित : शनिबार, वैशाख १२ २०८३११:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend