काठमाडाैं- नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। सुन प्रतितोला २ हजार २ सय रुपैयाँ र चाँदी ७५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँ र त्यति नै परिमाणको सेतो चाँदीको मूल्य ४ हजार ९ सय ४५ रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला २ लाख ९८ हजार ७ सय र त्यति नै परिमाणको चाँदी ५ हजार २० रुपैयाँमा मा कारोबार भएको थियो।
गत बुधबार छापावाल सुनको मोल प्रतितोला ३ लाख ५ हजार र त्यति नै परिमाणको चाँदी ५ हजार १ सय ३० रुपैयाँ मा खरिदबिक्री भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०५ र त्यति नै परिमाणको चाँदी ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।