शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

सीजी फुड्सले ल्यायो ‘वाइ वाइ क्लासिक’, ७५ ग्रामको मूल्य ३० रुपैयाँ

शुक्रबार, वैशाख ११ २०८३
सीजी फुड्सले ल्यायो ‘वाइ वाइ क्लासिक’, ७५ ग्रामको मूल्य ३० रुपैयाँ

सीजी फुड्स नेपाल ले वाइ वाइ उत्पादनले चार दशक पूरा गरेको अवसरमा ‘वाइ वाइ क्लासिक’ बजारमा ल्याएको छ। कम्पनीले 'उही स्वाद, उही याद' भन्ने नारासहित नयाँ उत्पादन सार्वजनिक गरेको हो।

काठमाडौं- सीजी फुड्स नेपाल ले वाइ वाइ उत्पादनले चार दशक पूरा गरेको अवसरमा ‘वाइ वाइ क्लासिक’ बजारमा ल्याएको छ। कम्पनीले 'उही स्वाद, उही याद' भन्ने नारासहित नयाँ उत्पादन सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार ७५ ग्रामको ‘वाइ वाइ क्लासिक’ प्याकेटको मूल्य ३० रुपैयाँ निर्धारण गरिएको छ। वाइ वाइको मौलिक स्वादलाई कायम राख्दै उत्पादनलाई अझ परिष्कृत रूपमा बजारमा ल्याइएको कम्पनीको भनाइ छ। यसमा डिहाइड्रेटेड तरकारी र चिली फ्लेक्स समावेश गरिएकोले स्वादलाई सन्तुलित बनाएको कम्पनीले जनाएको छ।

वाइ वाइ नेपाली उपभोक्ताको दैनिक जीवनसँग गहिरो रूपमा जोडिएको ब्रान्ड हो। विद्यालयको टिफिनदेखि रातको खाजासम्म, होस्टेलदेखि घरको भान्सासम्म यो हरेक पुस्तासँग सम्बन्धित रहँदै आएको छ।

WhatsApp Image 2026-04-24 at 10.33.34 (1).jpeg

सीजी फुड्सका बिजनेस हेड उपेन्द्र प्रधानले वाइ वाइ नेपाली घर-परिवारको विशेष हिस्सा रहँदै आएको उल्लेख गर्दै ‘वाइ वाइ क्लासिक’मार्फत उपभोक्ताको पुरानो अनुभव र भावनासँग पुनः जोडिने प्रयास गरिएको बताए।

कम्पनीले वाइ वाइ क्लासिकमार्फत उपभोक्ताका पुराना रमाइला पल र सम्झनालाई पुनः जीवन्त बनाउने विश्वास व्यक्त गरेको छ।

हाल नेपाली बजारमा ६० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको वाइ वाइ विश्व बजारमा पनि उल्लेखनीय उपस्थिति बनाउँदै गएको छ। अन्तर्राष्ट्रिय बजारमा करिब ४ प्रतिशत हिस्सा रहेको यस ब्रान्डको विस्तार हरेक वर्ष करिब २० प्रतिशतले बढिरहेको कम्पनीले जनाएको छ।


प्रकाशित : शुक्रबार, वैशाख ११ २०८३१०:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend