बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

टेलिकमको ४० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत १० २०७८
टेलिकमको ४० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं-नेपाल टेलिकमको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत ११ गते बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र प्रतिकित्ता २० रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्न चैत २४ गते, चौधौँ वार्षिक साधारण सभा डाकेको छ। 

 


प्रकाशित : बिहीबार , चैत १० २०७८०१:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend