आइतबार, असोज ७ गते २०८०    

बागमती प्रदेशमा बर्डफ्लु फैलिँदै, कृषकलाई सतर्क रहन आग्रह

images
बिजनेस न्युज
बागमती प्रदेशमा बर्डफ्लु फैलिँदै, कृषकलाई सतर्क रहन आग्रह
images

मकवानपुर- बागमती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार प्रदेशका ६ जिल्लामा बर्डफ्लु फैलिएको छ।

images

हालसम्म काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोक जिल्लामा बर्डफ्लु देखिएको मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले जानकारी दिए। उनका अनुसार बर्डफ्लुका कारण हालसम्म करिब तीन करोड रूपैयाँ भन्दाबढीको क्षति भएको अनुमान गरिएको छ।

images

प्रदेशमा माघ १६ गतेदेखि हालसम्ममा सङ्क्रमण विभिन्न जिल्लामा फैलिरहेको छ। बर्डफ्लु देखिएका स्थानमा हालसम्म ५८ हजार २६१ पक्षी, २२ हजार ३४ वटा अण्डा र ११ हजार ४३९ केजी दाना सुरक्षित तरिकाले नष्ट गरिएको पनि सचिव पाण्डेले बताए। सङ्क्रमण देखिएका स्थानमा पूर्णरूपमा निःसङ्क्रमणका कार्य गरिएको र अन्यत्र फैलन नदिन नमूना सङ्कलन र निगरानी भइरहेकोसमेत मन्त्रालयका सचिव पाण्डेले जानकारी दिए।

images

बर्डफ्लुका कारण काठमाडौंमा १९ हजार ५०६ वटा पक्षी, ५ हजार ६ सय ५२ वटा अण्डा र ४ हजार १ सय ८ किलो दाना नष्ट गरिएको छ। त्यस्तै चितवनमा ९ हजार ६ सय ७० पक्षी, २ हजार ३ सय ८६ वटा अण्डा, १ हजार ५ सय किलो दाना, भक्तपुरमा २४ हजार ३ सय १९ वटा पक्षी, १३ हजार ९० वटा अण्डा, २ हजार ९ सय किलो दाना, मकवानपुरमा ३ सय १६ वटा पक्षी, १६ वटा अण्डा, ८२ किलो दाना, ललितपुरमा २ हजार २ सय ६२ वटा पक्षी, ९ सय किलो दाना र सिन्धुपाल्चोकमा २ हजार १८ वटा पक्षी र १ हजार ९ सय ५० किलो दाना नष्ट गरिएको छ।

images

छ जिल्लामा बर्डफ्लुका ५७ हजार ११४ वटा विभिन्न जातका कुखुरा नष्ट गरिएको कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव पाण्डेले उल्लेख गर्नुभयो । उहाँले क्षति बेहोरेका कृषकलाई सङ्घीय र स्थानीय सरकारसँगको सहकार्यमा क्षतिपूर्ति दिने तयारी भइरहेको बताए। 

सङ्घीय सरकारले तोकेको मापदण्ड र नीतिअनुसार क्षति बेहोरेका कृषकलाई राहतस्वरुप क्षतिपूर्ति दिने सरकारको योजना रहेको उनले जानकारी दिए। मन्त्रालयले बर्डफ्लुुको समयमै निदान र नियन्त्रणका लागि विभिन्न पहल गरिरहेको उनको भनाइ छ। प्रदेशका अन्य जिल्लामा बर्डफ्लु रोग फैलन नदिन परीक्षणको दायरालाई फराकिलो बनाइएको उनले बताए। एक क्षेत्रबाट अर्को क्षेत्रमा सङ्क्रमण फैलन नदिन नमूना सङ्कलन, परीक्षण र निगरानी बढाइएको उनले बताए। रासस

images

प्रकाशित : बुधबार, चैत ९ २०७८०७:३८
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ