आइतबार, असोज ७ गते २०८०    

तातोपानी नाका हुँदै भित्रियो २ सय ३२ मेट्रिक टन रासायनिक मल

images
तातोपानी नाका हुँदै भित्रियो २ सय ३२ मेट्रिक टन रासायनिक मल
images

काठमाडौं- तातोपानी भन्सार नाका हुँदै २ सय ३२ मेट्रिक टन रासायनिक मल नेपाल भित्रिएको छ। तातोपानी भन्सार कार्यालका प्रमुख भन्सार अधिकृत नारद गौतमका अनुसार बुधबार २ सय ३२  मेट्रिक टन रासायनिक मल नेपाल भित्रिएको हो।

images

१५ सय मेट्रिक टनमध्ये पहिलो चरणमा २ सय ३२ मेट्रिक टन रासायनिक मल नेपाल आएको हो। ८ कन्टेनरमार्फत मल नेपाल आएको हो। बाँकी मल पनि नेपाल आउने क्रममा रहेको भन्सार कार्यालयलाई जनकारी भएको उनले बताए।

images

सील्क मार्केटमार्फत मल नेपाल आएको हो। अब यो कम्पनीले उक्त मल कृषि सामग्री कम्पनी लिमिटेडलाई दिने छ। मल वितरण भने लिमिटेडले नै गर्ने छ। 

images

images

प्रकाशित : बुधबार, चैत ९ २०७८०६:३१

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ