शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

विद्युतीय कारको आयात घट्यो, आइस कारको आयात बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख ८ २०८३
विद्युतीय कारको आयात घट्यो, आइस कारको आयात बढ्यो

पछिल्लो समय इन्धन संकट चुलिँदै गर्दा मुलुकमा विद्युतीय गाडीभन्दा इन्धनबाट चल्ने गाडीको संख्या बढ्नुले अर्थतन्त्रमा चुनौती थपिदिएको छ।

काठमाडौं- विद्युतीय गाडीको आयात घटेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा विद्युतीय कार आयातमा करिब १० प्रतिशतले गिरावट आएको हो। गत वर्ष ९ महिनामा ७ हजार ९६७ युनिट विद्युतीय कार आयात भएकोमा चालु वर्ष घटेर ७ हजार १७३ युनिटमा सीमित भएको छ।

चालु आवमा कुल १६ अर्ब ६६ करोड बरारबरको विद्युतीय कार भित्रिएका छन्। जसबाट सरकारले १० अर्ब ११ करोड रुपैयाँ राजस्व पाएको छ। चालु आवमा ५० किलोवाटसम्मका २५०६ युनिट, ५१ देखि १०० किलोवाटसम्मका ४०८३, १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका ५ सय ७४ र २०१ किलोवाटमाथिका ८ युनिट ईभी भित्रिएका छन्। चालु वर्षमा ईभी कार आयात घट्दा पेट्रोल कारको आयातमा वृद्धि देखिएको छ।

९ महिनाको अवधिमा ४ हजार १४० युनिट पेट्रोल कार आयात भएको छ। यो गत वर्ष सोही अवधिको तुलनामा ५०.९९ प्रतिशत धेरै हो। गत वर्ष चैतसम्म कुल २ हजार ७४२ युनिट पेट्रोल कार आयात भएको थियो।

बजारमा आइस कारको माग बढेसँगै आयात पनि बढेको हो। पछिल्लो समय इन्धन संकट चुलिँदै गर्दा मुलुकमा विद्युतीय गाडीभन्दा इन्धनबाट चल्ने गाडीको संख्या बढ्नुले अर्थतन्त्रमा चुनौती थपिदिएको छ। न्युज एजेन्सी नेपाल


प्रकाशित : मंगलबार, वैशाख ८ २०८३१३:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend