बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

हकप्रदका लागि बुक क्लोज तोकिएपछि किन घट्यो अपी पावरको सेयर मूल्य?

बुधबार, चैत ९ २०७८
हकप्रदका लागि बुक क्लोज तोकिएपछि किन घट्यो अपी पावरको सेयर मूल्य?

काठमाडौं- अपी पावर कम्पनीले हकप्रदका लागि बुक क्लोज तोके पनि सेयर मूल्य भने घटेको छ। बुधबार पनि सेयर मूल्य ४९२ रुपैयाँमा अन्तिम कारोबार भएको छ। प्रतिकित्ता १ रुपैयाँले घटेको हो।

कम्पनीले १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर चैत्र २५ गतेदेखि निष्कासन गर्ने भएको छ। कम्पनीले १ः०ः३९३६ को अनुपातमा एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ८ करोड ६० लाख रूपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न लागेको हो।

कम्पनीको पछिल्लो ५२ हप्तामा अधिकतम ६७० रुपैयाँमा कारोबार भएको थियो। भने न्युनतम ३०० रुपैयाँसम्म कारोबार भएको थियो। 

api 1.PNG

कम्पनीले उक्त हकप्रद सेयर जारी गर्न चैत १४ गते बुक क्लोज गर्ने भएको छ। यस अनुसार चैत १३ गतेसम्म कायम सेयरधनीले उक्त हकप्रद सेयर भर्न पाउने छन्। यस हकप्रद सेयरमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल रहेका छन्। यस हकप्रद सेयरमा लगानीकर्ताले बैशाख १५ गतेसम्म आवेदन दिन सकिनेछ ।

 


प्रकाशित : बुधबार, चैत ९ २०७८११:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend