शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

अमेजनले एन्थ्रोपिक एआईमा थप २५ अर्ब डलरसम्म लगानी गर्ने, क्षमता ५ गिगावाटसम्म पुर्‍याउने लक्ष्य

मंगलबार, वैशाख ८ २०८३
अमेजनले एन्थ्रोपिक एआईमा थप २५ अर्ब डलरसम्म लगानी गर्ने, क्षमता ५ गिगावाटसम्म पुर्‍याउने लक्ष्य

यो लगानी अमेजनले यसअघि एन्थ्रेपिकमा गरेको ८ अर्ब डलरको लगानी बाहेकको थप रकम हो।

काठमाडौं- अमेजनले सोमबार एआई स्टार्टअप 'एन्थ्रोपिक'मा २५ अर्ब अमे‍रिकी डलरसम्म लगानी गर्ने घोषणा गरेको छ। सम्झौताअन्तर्गत एन्थ्रोपिकले आगामी १० वर्षमा अमेजनको क्लाउड प्रविधिमा एक खर्ब डलरभन्दा बढी खर्च गर्ने प्रतिबद्धता जनाएको छ।

यो सम्झौताले दुई कम्पनीबीचको सम्बन्धलाई अझ मजबुत बनाएको छ। एन्थ्रोपिक आफ्ना एआई मोडेलहरूलाई बलियो बनाउन आवश्यक क्षमता सुरक्षित गर्न तीव्र गतिमा लागिपरेको छ। जसमा अमेजनले सुरुदेखि नै लगानी गरेर साथ दिँदै आएको छ। 

अमेजनले एन्थ्रोपिकमा तत्कालै ५ अर्ब डलर लगानी गर्नेछ प्रतिबद्धता जनाएको छ। त्यस्तै निश्चित व्यावसायिक माइलस्टोन तय भएपछि आगामी दिनमा थप २० अर्ब डलर लगानी गर्नेछ। यो लगानी अमेजनले यसअघि एन्थ्रेपिकमा गरेको ८ अर्ब डलरको लगानीबाहेकको थप रकम हो।

अमेजनले आफ्नै एआई मोडेलमार्फत चर्चा कमाउन संघर्ष गरिरहेको भए तापनि क्लाउड कम्प्युटिङ जस्ता 'एआई बुम'का लागि आवश्यक पूर्वाधार उपलब्ध गराउन भने अग्रणी रहँदै आएको छ। अमेजनले यस वर्ष मुख्यतया एआई विकासका लागि करिब २ खर्ब डलर पुँजी लगानीमा खर्चने अपेक्षा गरेको रोयटर्सले लेखेको छ। 

आफै एआईमा लगानी गरिरहेको अमेजनले ठूला एआई स्टार्टपहरूमा पनि ठूलै लगानी लगाइ लगाइ रहेको छ। 'क्लोड'का निर्माता एन्थ्रोपिकमा गरिएको यो नयाँ लगानी यसै वर्षको सुरुमा च्याट जीपीटी निर्माता ओपनएआईमा ५० अर्ब डलरसम्म लगानी गर्ने अमेजनको घोषणापछि आएको हो।

एन्थ्रोपिकले एक विज्ञप्तिमा यस वर्षको अन्त्यसम्ममा अमेजनको दुई चिप्समार्फत करिब १ गिगावाट क्षमतामा ल्याउने अपेक्षा गरेको जनाएको छ। मुलत: एन्थ्रोपिकले यस्तो क्षमता ५ गिगावाटसम्म पुर्‍याउने लक्ष्य राखेको जनाएको छ।

'एन्थ्रोपिकले ट्रेनियम चिप्सको प्रयोग गर्नुले हामीले कस्टम सिलिकन (चिप्स) मासँगै मिलेर गरेको प्रगतिलाई झल्काउँछ,' अमेजनका सीईओ एन्डी जेसीले बताएका छन्। 

एन्थ्रोपिकले कोडिङ र डिजाइनकेन्द्रित मोडेलहरू सार्वजनिक गर्दै एआईको दौडमा अगाडि बढ्ने महत्वाकांक्षी योजना अघि सारेको छ। अर्कोतर्फ अमेजनले एआई तालिम र इन्फरेन्सका लागि बनाइएका आफ्नै कस्टम सिलिकन चिप्सका लागि उपभोक्ता खोजिरहेको छ।

अमेजनले एन्थ्रोपिकमा २५ अर्ब डलर लगानी गर्ने समाचार आएसँग अमेजनको सेयर मूल्य २.७ प्रतिशतले वृद्धि भएको छ।


प्रकाशित : मंगलबार, वैशाख ८ २०८३११:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend