आइतबार, जेठ २४ गते २०८३    
आइतबार, जेठ २४ २०८३

विद्युत् महसुल नतिर्ने २७७ जना कालोसूचीमा

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख ८ २०८३
विद्युत् महसुल नतिर्ने २७७ जना कालोसूचीमा

बक्यौता असुलीका लागि कार्यालयले लाइन काट्ने, सेवाग्राहीलाई सूचित गर्नेलगायतका काम गरिरहेको उनले बताए।

चितवन- नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा २७७ जना ग्राहकलाई कालोसूचीमा राखेको छ। लामो समयसम्म विद्युत् महसुुल नतिर्ने ती ग्राहकलाई केन्द्रले कालोसूचीमा राखेको हो।

उनीहरुबाट एक करोड चार लाख १७ हजार ३८१ रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको केन्द्रका सूचना अधिकारी नन्दराम विष्टले जानकारी दिए। उनका अनुसार लामो समयसम्म बक्यौता नतिरेका उनीहरूलाई कालोसूचीमा राखेर कारबाही प्रक्रिया अघि बढाइएको हो।

केन्द्रले बक्यौता उठाउनका लागि यस आर्थिक वर्षमा एक हजार ८२६ जना ग्राहकको विद्युत् लाइन काटेको छ। ६ महिनासम्म पनि विद्युत् महसुल नतिरेका ग्राहकको लाइन काटिएको उनले बताए।

केन्द्रमा हाल ७४ हजार ८७६ ग्राहक रहेका छन्। ती ग्राहकबाट ४९ करोड चार लाख १० हजार ४३७ रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको उनले जानकारी दिए।

बक्यौता असुलीका लागि कार्यालयले लाइन काट्ने, सेवाग्राहीलाई सूचित गर्नेलगायतका काम गरिरहेको उनले बताए। उनले भने, 'बक्यौता असुलीका लागि कर्मचारीहरुले नियमित रुपमा काम गरिरहेका छन्।' रासस


प्रकाशित : मंगलबार, वैशाख ८ २०८३११:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend