शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

इराकबाहेकका देशमा सबै प्रकारका श्रम स्वीकृति खुला

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख ७ २०८३
इराकबाहेकका देशमा सबै प्रकारका श्रम स्वीकृति खुला

२०८२ फागुन १७ गते सरकारले पश्चिम एसियामा उत्पन्न विषम परिस्थितिका कारण श्रमिकहरूको सुरक्षालाई ध्यानमा राख्दै श्रम स्वीकृति स्थगन गर्ने निर्णय गरेको थियो।

काठमाडौं- सरकारले इराकबाहेकका देशमा सबै प्रकारका श्रम स्वीकृति (व्यक्तिगत, संस्थागत र वैधानिकीकरण) पूर्ववत अवस्थामा हुने गरी खुला गरेको छ। 

पश्चिम एसियामा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै साउदी अरब, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनन, टर्की र इजरायलमा गएको फागुन १७ को निर्णयबमोजिम अस्थायीरूपमा श्रम स्वीकृति स्थगन गरिएको थियो। 

इराकबाहेक अन्य देशहरुको हकमा सबै प्रकारका श्रम स्वीकृति (व्यक्तिगत, संस्थागत र वैधानिकीकरण) पूर्ववत अवस्थामा हुने गरी खुला गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। 

२०८२ फागुन १७ गते सरकारले पश्चिम एसियामा उत्पन्न विषम परिस्थितिका कारण श्रमिकहरूको सुरक्षालाई ध्यानमा राख्दै श्रम स्वीकृति स्थगन गर्ने निर्णय गरेको थियो।

प्रकाशित : सोमबार, वैशाख ७ २०८३१७:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend