शनिबार, जेठ २३ गते २०८३    
शनिबार, जेठ २३ २०८३

जुन समूहमाथि सरकारको अनुसन्धान त्यसमै जोडिए गृहमन्त्री, अनुसन्धान प्रभावित हुनसक्ने डर

सोमबार, वैशाख ७ २०८३
जुन समूहमाथि सरकारको अनुसन्धान त्यसमै जोडिए गृहमन्त्री, अनुसन्धान प्रभावित हुनसक्ने डर

यो समूहले लाइसेन्स हत्याउँदा विरोधलाई मत्थर बनाउन मिडिया सञ्चालकदेखि अरु प्रभावशालीलाई पनि सेयर द‍िएको छ। यी कम्पनीहरूमा सयौँ प्रभावशलीको सेयर रहेको छ।

काठमाडौं- विवादित व्यावसायिक समूहले लाइसेन्स लिएर सञ्चालनमा ल्याएका कम्पनीमा गृहमन्त्री सुधन गुरुङको सेयर रहेको छ। जुन समूहमाथि सरकारले अनुसन्धान गरिरहेको छ त्यही समूहको प्रबर्द्धनमा खुलेका कम्पनीमा गृहमन्त्रीकै संस्थापक सेयर रहेको पाइएपछि त्यसले सार्वजनिक प्रश्न उठाएको छ।

दीपक भट्टको अगुवाई तथा देशका केही ठूला व्यावसायिक घनराको सहभागीतामा खुलेका ६ वटा माइक्रो इन्स्योरेन्समध्ये दुईमा गृहमन्त्री गुरुङको संस्थापक सेयर छ। यो सेयरकै कारण अनुसन्धानमा रहेको समूहमाथि उनको व्यावसायिक साझेदारी रहेको पाइएपछि प्रश्न उठेको छ।

अनुसन्धान प्रभावित हुनसक्ने भन्दै केही सामाजिक अभियानले गृहमन्त्रीको राजीनामासमेत मागेका छन्।

सुधन गुरुङको सेयर रहेको विषय हिमालखबरले २०८० मंसिर १३ मै खुलासा गरेको विस्तृत रिपोर्टमा उल्लेख छ। पछिल्लो समय उनी मन्त्री भएपछि त्यसलाई अरु मिडियाले पनि सार्वजनिक गरेका छन्।

भट्ट तथा शंकर समूहको साझेदारीमा हिमालय रिइन्स्योरेन्स र माइक्रो इन्स्योरेन्सको लाइसेन्स एकलौटी गरेको आरोप छ। यसरी लाइसेन्स लिँदा सत्ता र शक्तिको दुरुपयोग भएको प्रश्न त्यतिबेलै उठ‍ेको थियो।

यो समूहले लाइसेन्स हत्याउँदा विरोधलाई मत्थर बनाउन मिडिया सञ्चालकदेखि अरु प्रभावशालीलाई पनि सेयर द‍िएको छ। यी कम्पनीहरूमा सयौँ प्रभावशलीको सेयर रहेको छ।


प्रकाशित : सोमबार, वैशाख ७ २०८३१०:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend