बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

दुई दिन बढेको सेयर बजारमा फेरि लाग्यो ओरालो, अझै विश्वस्त छैनन् लगानीकर्ता

बुधबार, चैत ९ २०७८
दुई दिन बढेको सेयर बजारमा फेरि लाग्यो ओरालो, अझै विश्वस्त छैनन् लगानीकर्ता

काठमाडौ‌ं- सेयर बजारमा यो साता लगातार दुई दिन सोमबार १८.०७ साथै मंगलबार १६.०४ अंकले बढेको बजार बुधबार पुन: घटेको छ।

सेयर बजार बुधबार २०.३४ अंकले घटेर २६३०.३६ बिन्दुमा झरेको छ। जहाँ कारोबार रकममा समेत ठूलो गिरावट देखिएको छ। २ अर्ब ४ करोड रूपैयाँको मात्र कारोबार भएको छ। लगातार कारोबार रकममा भइरहेको कमीले पनि लगानीरकर्ता बजारमा फर्किन बाँकी रहेको देखाउँछ। बुधबार ३० कम्पनीको सेयर मूल्य बढ्दा १ सय ५६ कम्पनीको मूल्यमा गिरावट आएको छ। ८ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।

प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जनार्दन शर्मालाई फिर्ता पठाएर मन्त्रिपरिषद् पुनर्गठन गर्न गठबन्धनमा प्रस्ताव राखेर छलफल गरिरहँदा सेयर बजारमा दुई दिन सकारात्मक प्रभाव देखिएको थियो। सोमबार उतारचढावमा रहँदै अन्तिममा १८.०७ अंकले बढेर २६३४.६५ बिन्दुमा उक्लिएको बजारमा मंगलबार पनि दोहोरो अंककै वृद्धि देखिएको थियो। मंगलबार १६.०४ अंकको वृद्धि देखिएको बजारले बुधबार भने उहीअनुरूप साथ पाउन सकेन। 

यो साता कारोबारको पहिलो दिन आइतबार पनि दोहोरो अंकको गिरावटसँगै कारोबार रकमसमेत सुस्ताएको थियो। आइतबार नेप्से १४.६७ अंकले घटेर २६१६.५८ बिन्दुमा पुगेर रोकिएको थियो। आइतबार ४२ लाख ८७ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब २७ करोड रुपैयाँ कारोबार भएको थियो। त्यसपछि दुई दिन बढेर उत्साह थपिने आशमा रहेको बजारमा बुधबार पुन: गिरावट आएको हो। 

सोमबार र मंगलबार दुई दिनको लगातार वृद्धिले लगानीकर्तामा विश्वास थपिएको विश्लेषण भइरहँदा बुधबारको अवस्थाले लगानीकर्ता अझै विश्वस्त नभएको देखिएको छ। बैंकहरूमा तरलताको समस्यासमेत समाधानउन्मुख रहँदै फागुनमा २२ अर्बले निक्षेप बढ्नुका साथै चुनावी माहोल बढिरहँदा पनि सेयर बजारले साथ पाउन सकिरहेको छैन। 


प्रकाशित : बुधबार, चैत ९ २०७८०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend