आइतबार, वैशाख ३० गते २०८१    
images
images

एउटा बीएमडब्लूको कथा : कर्णाली घुमेर काठमाडौं

images
images
images
एउटा बीएमडब्लूको कथा : कर्णाली घुमेर काठमाडौं

साढे तीन वर्षअघि हो, बीएमडब्लूको एसयूभी कार काठमाडौंमा बेवारिसे भेटिएको। लामो समय त प्रहरी कार्यालयमा नै थन्किएको कार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जफत गरेको थियो।  

images
images

काठमाडौं- साढे तीन वर्षअघि हो, बीएमडब्लूको एसयूभी कार काठमाडौंमा बेवारिसे भेटिएको। लामो समय त प्रहरी कार्यालयमा नै थन्किएको कार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जफत गरेको थियो।   

images
images
images

त्यतिञ्जेल कार गुड्न सक्ने अवस्थामा थिएन। मर्मत नगरी सडकमा निकाल्ने स्थिति भएन। कार मर्मत त गर्ने तर कुन निकायले चलाउने भन्ने विषयमा सरकारी अधिकारीबीच लामै रस्साकस्सी चल्यो।

images

दुई वर्षसम्म सरकारी निकायको तानातानमा काठमाडौंको बानेश्वर क्षेत्रमा थन्किरहेको कारमा थियो भारतीय नम्बर प्लेट।

images

कार कसले लिएर आएको हो भन्ने यकीन थिएन। तब २०७६ को भदौमा विमानस्थल भन्सार कार्यालयले जफत गरेको थियो।

images
images

जफत गरिएको कार लिलाम गर्ने वा सरकारले उपयोग गर्ने भन्ने विषयमा छलफल चल्यो। अनेक छलफलपछिको निष्कर्ष निस्कियो कार कर्णाली प्रदेश सरकारलाई दिने। त्यही अनुरुप निर्णण भयो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले अर्थ मन्त्रालयसँगको समन्यवमा कार २०७६ माघमा कर्णाली प्रदेश सरकारलाई दिने निर्णय गरेको थियो। अर्थको सहमतिमा भन्सार कार्यालयले कारको मूल्य ३१ लाख रुपैयाँ कायम गरी कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई उपलब्ध गराउने निर्णय गरेको थियो।

bmw karnali pattra.jpg
अर्थको सहमतिमा भन्सार कार्यालयले कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई कार उपलब्ध गराउने निर्णय गरेको पत्र।

बीएमडब्लूको एसयूभी एक्सथ्री एम मोडलको कार २०१६ मोडलको हो। यसको इन्जिन नम्बर ७६०५८०९२ छ। १९ सय ९८ सीसी इन्जिन क्षमताको यो एसयूभीको बजार मूल्य भने साढे २ करोड रुपैयाँभन्दा बढी पर्छ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकृतले २०७६ माघ १ गते कार बुझिलिएका थिए।

कर्णाली प्रदेशले उक्त कारको नम्बर प्रदान गर्न बागमती प्रदेशलाई आग्रह गरेको थियो। त्यसलाई हेटौडामा रहेको यातायात कार्यालयले दर्ता गरिदियो। तब बेवारिसे भइरहेको कारले पायो, प्रदेश ३०३ ००१ झ ००४५ नम्बर।

कर्णालीको नाम परेर सहमतिमा थात ठेगान मिलाइएको कार कर्णाली त पुग्यो तर त्यहाँ चल्न सक्ने अवस्था देखिएन। चलाउन ठिक्क पारेर मर्मत गर्दा त्यसको बिल उठ्यो, १० लाख रुपैयाँ। तर कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बजेट नभएको भन्दै त्यसको बिल तिर्न नसक्ने बतायो।

कर्णाली प्रदेशका तत्कालीन प्रमुख सचिव केवलप्रसाद भण्डारीको राष्ट्रिय योजना आयोगमा सरुवा भयो। कर्णालीले उक्त बीएमडब्लू कारको मर्मत खर्च बेहोर्न नसक्ने भनेकाले कार फिर्ता लैजान आग्रह गर्‍यो। सरुवा भएका प्रमुख सचिवलाई नै कर्णालीले बीएमडब्लू कार काठमाडौं लान आग्रह गरेपछि गाडी काठमाडौं आयो। तब राष्ट्रिय योजना आयोगले मर्मत गर्दा लागेको १० लाख रुपैयाँ बेहोरेर कार प्रयोग गर्‍यो।

bmw karnali.jpg
         यही हो कार।

योजना आयोगले चलाइरहेको बीएमडब्लू कार लामो यात्रामा प्रयोग गर्न नमिल्ने अवस्थामा रहेको योजना आयोगका सचिव केवलप्रसाद भण्डारी बताउँछन्। ‘अहिले त्यो कार सामान्य अवस्थामा गुडाउन त मिल्छ। तर सुरक्षा विशेषतासम्बन्धी समस्या रहेकाले लामो दूरीमा चलाउन मिल्दैन,’ भण्डारीले बिजनेस न्युजसँग भने।

नेपाली बजारमा बीएमडब्लूको कार पुनः आधिकारिक बिक्रेतासहित भित्रिएको थियो। बीएमडब्लू भित्र्याएको लक्ष्मी प्रिमियम मोटर्सले उक्त कार मर्मतका लागि आवश्यक पर्ने पार्टपूर्जा ल्याइदिने बताएको भण्डारीले जानकारी दिए।

तीन वर्षभन्दा बढी बेवारिसे अवस्थामा रहेकाले इन्जिनलगायत गाडीको अन्य पार्टमा समस्या देखिएको थियो। सामान्य मर्मत गरेर कार दर्ता गरिएको थियो। त्यसैले यो कार पूर्ण मर्मत गर्न अझै केही समय लाग्ने छ।

कर्णाली पुगेर काठमाडौं फर्किएको कारले अब नयाँ जीवन कसरी पाउँछ थाहा छैन। फेरि भारतबाट आएर अलपत्र परेजस्तो पुरानै अवस्था भइरहने छ! या कोही सरकारी कर्मचारी 'बेकामे गाडी' भन्दै आफूखुसी प्रयोग गरिरहने छन्।

images

प्रकाशित : शुक्रबार, असोज १ २०७८०१:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend